|

डडेल्धुरा : डडेल्धुरामा चौथो दीप ज्योति कप खुल्ला पुरुष फुटबल प्रतियोगिता आयोजना हुने भएको छ।

हिमाल डेण्टल हस्पिटल एण्ड इन्सिच्युट अफ डेण्टल साइन्स काठमाडौंको मुख्य प्रायोजकमा चौथो दिपज्योती कप खुल्ला पुरुष फुटबल प्रतियोगिता हुन लागेको हो। अमरगढी नगरपालिका–१ दहमा रहेको खेल मैदानको प्रर्वद्धन तथा खेलाडीको पहिचान गर्ने उद्देश्यका साथ उक्त प्रतियोगिता आयोजना गर्न लागिएको हो।

मंगलबार आयोजक दीप ज्योति युवा क्लव, दह भेटाले जिल्ला सदरमुकाममा पत्रकार सम्मेलन गरि प्रतियोगिताबारे जानकारी गराएको हो। हरेक वर्ष जस्तै यस वर्ष पनि दहमा रहेको खेलमैदानमा प्रतियोगिता हुने क्लवका अध्यक्ष टेकबहादुर ऐरले जानकारी दिए। प्रतियोगिता यहि कात्तिक ६ गतेदेखि ९ गतेसम्म संचालन हुने उनले बताए।

१५ देखि २० टिमको सहभागिता रहने आयोजकले जनाएको छ। खेल नक आउट चरणमा खेलाइने खेल संयोजक दिपकबहादुर ऐरले जानकारी दिए।

बुधबार सांस्कृतिक कार्यक्रमकाबीच प्रतियोगिताको उद्घाटन गरिनेछ। नेपाल आइडल सिजन–२ का विजेता रवि ओडका सांगितिक प्रस्तुतिसहित दिउँसो खेलको औपचारिक रुपमा उद्घाटन गरिने आयोजकले जनाएको छ।

विजेता टिमलाई नगद ४४ हजार ४ सय ४४ रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने छ भने उपविजेता टिमलाई नगद २२ हजार २ सय २२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ। त्यस्तै खेलमा तृतीय हुने टिमलाई ११ हजार १ सय ११ रुपैयाँसहित मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।

खेलमा अनुशासित टिमलाई ४ हजार ४ सय ४४ प्रदान गरिने भएको छ। त्यस्तै विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको दीप ज्योति युवा क्लवका अध्यक्ष ऐरले जानकारी दिए।

आयोजक आफैँले रकम संकलन गरी निर्माण गरेको फुटबल मैदानमा प्रतियोगिता पछिल्ला चार वर्षयता सञ्चालन गरिँदै आएको उनको भनाइ छ। उक्त मैदानलाई भविष्यमा फुटबल रंगशालाका रुपमा विकास गर्न प्रतियोगिता निरन्तर रुपमा सञ्चालन गरिने उनले बताए। तर, उक्त मैदानमा हालसम्म कुनै सरकारी बजेट खर्च गरिएको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.