|

काभ्रेपलाञ्चोक : को बनेपा र रोशीखोलामा मंगलबार भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्ररहीका अनुसार बनेपा नगरपालिका ७ स्थित चारदोबाटो चोकनजिकै कृष्णप्रसाद अस्पताल अगाडि आज बेलुका बोलेरोले रोकी राखेको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो। 

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार पनौती–बनेपा सडकखण्डअन्तर्गत पनौतीबाट बनेपातर्फ आउँदै गरेको बा १८च ३९५२ नंको महेन्द्र बोलेरो गाडीले रोकिराखेको बा ५० प ४४४७ नंको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार पाँचखाल नगरपालिका–७ बस्ने ४० वर्षीया सीता काफ्ले घाइते भई उपचारका लागि शिरमेमोरियल अस्पताल बनेपामा लगिएकामा उनको उपचारका क्रममा मृत्यु भएको हो।

मोटरसाइकल चालक भने सकुशल रहेको प्रहरीले जनाएको छ। प्रहरीले दुवै सवारी साधनलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ। यसैबीच आज बिहान काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–५ ल्हासकोटस्थित सडकमा एम्बुलेन्स अनियन्त्रित भई दुर्घटनामा घाइते भएका सिराहा जिल्ला कर्जनाद नगरपालिका–७ का वर्ष ७२ को शोभित साहको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार सिराहा जिल्ला कर्जनाद नगरपालिका–७ घर भएकी ६० वर्षीया गङ्गादेवी साह मुटुसम्बन्धी बिरामी भई स१च ११९१ नंको एम्बुलेन्समा सिराहाबाट बिहान शहीद गङ्गालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँमा ल्याइको र उपचारका क्रममा मृत्यु भएपछि शव लिएर फर्कने क्रममा नमोबुद्ध नगरपालिका–५ ल्हासकोटस्थित सडकमा अनियन्त्रित भई दुर्घटना हुँदा छ जना घाइते भएका थिए।

घाइतेमध्ये गम्भीर रहेका साहको अन्नपूर्ण न्यूरो अस्पताल माइतीघरमा उपचारका क्रममा मृत्यु भएको गिरीले बताए। गाडीका चालक धनुषा जिल्ला मिथिला नगरपालिका–७ बस्ने २६ वर्षीय देवराज श्रेष्ठलाई उपचारपश्चात् घर पठाइको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा राखेर घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

घटनामा घाइते भएका मृतक साहको छोरा ४३ वर्षीय देवकुमार साहको दाहिने खुट्टा र हातमा सामान्य चोट लागेको, देवकुमार साहका श्रीमती ३५ वर्षीया निलुकुमारी साहको कम्मरमा सामान्य चोट रहेको, सोही ठाउँका ५६ वर्षीय श्रीराम साहको बाँया खुट्टामा सामान्य चोट लागेको र अन्य एक जना भने सामान्य घाइते भएकाले धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.