|

बैतडी : डोजरले स्थानीय महिलालाई आक्रमण गर्ने बैतडीका डोजर चालकविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता भएको छ। 

बैतडीको दशरथचन्द नगरपालिका –९ मा स्थानीय गौरी जोशीलाई डोजरले हुत्याउने चालक किशोर बोहराविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता हो।  महिला हुत्याएको भिडियो सार्वजनिक भएपछि प्रहरीले नियन्त्रणमा लिएका चालक किशोर बोहराविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए। ‘मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान गरिरहेका छौ। ’उनले भने 'जिल्ला अदालत बैतडीबाट १० दिनको म्याद थपेर बोहरामाथि अनुसन्धान भइरहेको छ।’ बोहरालाई लागेको आरोप पुष्टिमा भएमा कानुन अनुसार कारवाही हुन्छ।

दशरथचन्द नगरपालिका वडा नं ९ को सुन्नाखानदेखि पार्ससम्म जोड्ने सडक निर्माणका विषयमा दुई पक्षबीच विवाद हुँदा सोमवार झडप भएको थियो। झडपका बेला सडक रोक्नुपर्छ भन्ने पक्षका गौरी जोशीलाई डोजरले हुत्याएको थियो। जोशीलाई डोजरले हुत्याउदा गौरी गम्भीर घाइते भएकी छन्। उनको अहिले कोहलपुर अस्पतालमा उपचार भइरहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.