|

मुगु : मुगुका चारवटै स्थानीय तहका विभिन्न स्वास्थ्य संस्थाबाट सुरक्षित प्रसूति सेवा प्रवाहका लागि दाताले दिएको करोडौं रुपैयाँका उपकरण प्रयोगविहीन अवस्थामा रहेको पाइएको छ। 

संयुक्त राष्ट्र संघीय बाल कोष (युनिसेफ) नेपालले स्वास्थ्य संस्थामा प्रसूति सेवाका लागि आवश्यक पर्ने उपकरणहरु दिएको थियो। तर, ती उपकरण सञ्चालनमा आउन नसकेको युनिसेफ नेपालका नेपालगञ्ज कार्यालयका बाल तथा मातृ शिशु कार्यक्रम अधिकृत इन्द्रकला तामाङले बताइन्।

चारवटै स्थानीय तहमा रहेका स्वास्थ्ष् संस्थामध्ये १० वटा स्वास्थ्य संस्थाबाट प्रसूति सेवा प्रवाह हुने गरी प्रत्येक स्वास्थ्य संस्थालाई आवश्यक पर्ने २० प्रकारका उपकरण युनिसेफले प्रदान गरेको थियो। प्रति स्वास्थ्य संस्था २५ लाख ७४ हजार  ५७० रुपैयाँ मूल्य बराबरका उपकरण दिए पनि थन्किएर रहेका छन्। १० वटा संस्थालाई दुई करोड ५७ लाख चार हजार ५७० रुपैयाँ बराबरका उपकरण उपलब्ध गराइएको थियो। 

थन्किए उपकरण 

ग्रामीण क्षेत्रमा गर्भवती महिला, नवजात शिशुको स्वास्थ्यमा सुधार ल्याई मातृशिशु मृत्युदर घटाउने उद्देश्यले दाताले दिएको उपकरण प्रयोग हुन सकेको छैन। छायानाथ रारा नगरपालिकाको पिना र ढुंगेधारा स्वास्थ्य चौकी साथै थार्प सामुदायिक स्वास्थ्य इकाइ पकरण प्रदान गरिएको छ। त्यस्तै, खत्याड गाउँपालिकाका श्रीकोट र कोटडाँडाका पनि उपकरण दिइएको छ। सोरु गाउँपालिकाको नार्थर्पुमा रहेको स्वास्थ्य संस्थामा उपकरण जडान गरिए पनि प्रयोगमा आउन सकेको छैन। 

मुगुम कार्मारोङ गाउँपालिकाको सामुदायिक स्वास्थ्य इकाइमा भने सेवा सञ्चालन भइसकेको छ। मुगु र डोल्फुका प्रदान गरिएको उपकरण जडान गर्ने कार्य जारी रहेको मातृ तथा बाल स्वास्थ्य सुधार कार्यका लागि सामाजिक परिचालनका क्षेत्र हेर्ने कर्णाली सामुदायिक विकास केन्द्र मुगुले जनाएको छ।  

दातृ निकायले प्रदान गरेका उपकरण प्रयोग गर्ने, स्वास्थ्य सेवा प्रवाह र जनशक्ति व्यवस्थापन सम्बन्धित स्थानीय तहले गर्नु पर्ने कर्णाली सामुदायिक विकास केन्द्रका कार्यक्रम संयोजक हरिबहादुर शाहीले बताए। तर, कर्मचारी समायोजनका कारण स्वास्थ्य संस्थाबाट प्रवाह हुने सेवा प्रभावित भइरहेको र तत्काल त्यसको समाधानका लागि आफुहरु लागिपरिरहेको चारवटै स्थानीय तहको दाबी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.