|

युरोपियन च्याम्पियन्स लिगमा बुधबार भएको खेलमा चर्चित शीर्ष क्लबहरुले नै जित आत्मासात् गरेका छन्। साविक प्रिमियर लिग च्यामिपयन म्यानचेस्टर सिटी, स्पेनिस जाइन्ट रियल म्याड्रिड, एट्लेटिको म्याड्रिड फ्रेन्च लिग वान च्याम्पियन पिएसजी, इटालीयन जाइन्ट युभेन्टस, साविक उपविजेता टोटनह्याम, जर्मन नम्बर एक बार्यन म्युनिखले आ–आफ्नो खेलमा जित निकाल्दै महत्त्वपूर्ण तीन अंक हासिल गरे।

स्ट्रलिङको ह्याट्रिक

च्याम्पियन्स लिग अन्तर्गत भएको खेलमा म्यानचेस्टर सिटीले समूह ‘सी’मा लगातार तेस्रो जित निकाल्ने क्रममा एटलान्टामाथि ५–१ को प्रभावसाली जित निकाल्यो। एटलान्टाले पेनल्टीमार्फत २८ औं मिनेटमा अग्रता बनाए पनि त्यसपछि भने निरिह रह्यो। अगुएरोले पहिलो हाफमा २ गोल गर्दा दोस्रो हाफमा रहिम स्ट्रलिङले ह्याट्रिक गरेका थिए। थप एक गोल फोडनको नाममा रहेको थियो।

त्यस्तै समूह ‘बी’ मा टोटनह्यामले पहिलो जित निकाल्दा स्रेना जेज्दामाथि ५–० को रवाफिलो जित आत्मासाथ ग¥यो। जारी सिजन खराब प्रदर्शनले आजित बनेको टोटनह्यामका लागि केनले दुई गोल गर्दा सन हेङ मिनले दुई गोल गरे। थप एक गोल लमेलाको नाममा रह्यो।

एम्बाप्पेको ह्याट्रिक

फ्रेन्च च्याम्पियन पेरिस सेन्ट जर्मेन पिएसजीले पनि समूह ‘ए’मा निरन्तर जित यात्रालाई कायम राख्ने क्रममा क्लब बर्गमाथि ५–० को जित निकाल्यो। इकार्डीको गोलमार्फत सातौं मिनेटमानै अग्रता लिएको पिएसजीले थप चार गोल भने दोस्रो हाफमा सम्भव बनायो।

उसका लागि केलिएन एम्बाप्पेले दोस्रो हापमा ह्याट्रिक पुरा गरे। एम्बाप्पेले ६१, ७९ र ८३ औं मिनेटमा गोल गर्दै ह्याट्रिक गरेका थिए। इकार्डीले ब्यक्तिगत दोस्रो गोल ६३ औं मिनेटमा सम्भव बनाएका थिए। 

सोहि समूहमा रियल म्याड्रिडले भने गालातासरेमाथि १–० को साँघुरो जित निकाल्यो । रियलको जितमा टोम क्रुसले १८ औं मिनेटमा गरेको गोल निर्णायक रह्यो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.