विश्वका विभिन्न देशमा चर्किँदै आन्दोलन

|

यो हप्ता दुनियाँभर सरकार विरोधी आन्दोलन भएका छन्। इराक, लेबनान, स्पेनदेखि चिलिसम्मका देशमा विरोध प्रदर्शन भएका छन्। प्रदर्शन र लक्ष फरक भएपनि यी आन्दोलनका केही समानता छन्। यी देशमा भएका आन्दोलन एजेन्डा पनि उस्तै प्रकृतिका छन्।

यी देशहरू भौगोलिकरूपमा धेरै टाढाको दुरीमा छन्। तर आन्दोलनको कारण उस्तै र समान छन्। यी आन्दोलनले एक अर्कालाई व्यवस्थित हुन र आफ्नो लक्ष भेट्टाउन मद्दत पुग्छ।

बिबिसीले तयार पारेको यो रिपोर्टमा केही मुद्दामा केन्द्रित भएर अनुसन्धान गरेको छ। जसले दुनियाँका हरेक प्रदनशनकारीहरूबीच समानता खोज्ने काम गरेको छ। यो अध्ययनका क्रममा विभिन्न आन्दोलनमा सरकारलाई नै केन्द्रबिन्दु बनाइएको छ।

असमानता

आन्दोलनकारीहरूले लामो समयसम्म आफ्नो देशमा असमानता भएको महसुस गरेका छन्। सरकारले देशको अर्थतन्त्रलाई विदेश पुर्याएका छन्। जनतालाई दिनु पर्ने सेवा र सुविधाबाट बञ्चित गरेका छन्। महंगी पनि बढेको छ।

इक्वेडरमा यो महिना विरोध सुरू भएको छ। सरकारले अन्तरराष्ट्रिय मुद्रा कोषसँग सम्झौता गरी इन्धनमा पाएको सहुलियत कटौती गरिदियो। जसले गर्दा सरकारी खर्च कटौती हुन मद्दत गर्‍यो। यस कारण पेट्रोलको मुल्यमा वृद्धि भएको छ। जनताले पेट्रोल किन्न नसक्ने भएका छन्। जानकारहरू भन्छन्, 'यसले गरिब जनतालाई आर्थिक भार पर्छ। जसमा ग्रामीण भेगका जनतालाई प्रभाव पार्छ।'

महँगी

दक्षिण अमेरिकामा सबैधन्दा धनी देश चिली हो। तर असमानताको उच्चस्तर पनि यहाँ नै छ। विकास संगठन (ओईसीडी) मा समावेश ३६ देशमध्ये चिलीका जनतामा आम्दानीमा ठूलो असमानता रहेको छ। यातायातको भाडा वृद्धि गरिएसँगै चिलीका जनता सडकमा उत्रेका छन्।

सरकारले इन्धनको मूल्य बढाएर कमजोर मुद्रालाई बलियो बनाउने उद्धेश्यले बस र मेट्रोको भाडा बढाएको छ। यसबाट सरकारले गरिब जनतालाई बाँच्न पाउने अधिकारबाट बञ्चित गरेको भन्दै चिलीका जनता सडकमा उत्रेका हुन्।

भ्रष्टाचार

अलग अलग आन्दोलन भए पनि यी सबैको केन्द्र र मूल मुद्दा भने भ्रस्टाचार हो। लेबनानमा पनि प्रदर्शनको मुख्य कारण भ्रस्टाचार नै रहेको अधिकारीहरू बताउँछन्।

लेबनानको आर्थिक संकटबाट पीडित रहेका जनताले नेता सम्पन्न हुँदै गएको र शक्तिको फाइदा उठाइरहेको बताएका छन्। प्रदर्शनकारीमध्येका एक ५० वर्षीय रबाब नामका व्यक्तिले भने,'मैले धेरै देश देखेको छु। तर लेबनानमा जस्तो भ्रस्टाचार अन्य देशमा देखेको छैन।'

राजनीतिक स्वतंत्रता

केही देशमा राजनीतिक व्यवस्थाविरूद्ध आन्दोलन बढ्दै गएको छ। हङकङमा एक संधिग्द अपराधीको चीन हस्तान्तरण गर्ने प्रावधानविरूद्ध त्यहाँका बासिन्दाले आन्दोलन चर्काउँदै गएका छन्।

हङकङ चीनको हिस्सा हो। तर हङकङबासीमा विशेष स्वतन्त्रता छ। तर चीन हङकङमाथि आफ्नो अधिकार बढाउन चाहन्छ। चिली र लेबनानको जस्तो आन्दोलनको व्यापकताले आएको परिणामस्वरूप उक्त प्रावधानबाट चीन पछि हटेको छ। तर अझै आन्दोलन जारी छ।

जलवायु परिवर्तन

पछिल्लो समयमा पृथ्वी जलवायु परिवर्तनबाट मानव संकट निम्तिनेतर्फ सर्वत्र चिन्ता बढाइरहेको छ। संयुक्त राज्य अमेरिका, ब्रिटेन, जर्मनी, स्पेन, अस्ट्रिया, फ्रान्स र न्युजिल्याण्डमा जलवायु परिवर्तनले ल्याउन सक्ने संकटलाई मध्यनजर गर्दै जनताले आन्दोलन चर्काएका छन्। आन्दोलनकारीले मानव साङ्लो बनाएर व्यस्त सडक जाम गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.