|

काठमाडौं :  चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले यसअघि स्थगित गरेको एमडी र एमएस एमडिएस तहको प्रवेश परीक्षा कात्तिक नौ गते शनिबार गर्ने भएको छ। यसअघि न्याम्सले गत शनिबार कात्तिक २ का लागि तय भएको परीक्षा एक दिनअघि स्थगित गरेको थियो।

त्यसबेला न्याम्सले स्वास्थ्य मन्त्रालयको निर्देशनअनुसार परीक्षा स्थगित गरेको जनाएको थियो। स्वास्थ्य मन्त्रालयले न्याम्सलाई पठाएको चिठीमा २ कात्तिकमा परीक्षा भए धेरैजना चिकित्सक उपस्थित हुन नसक्ने भएकाले सार्न भनिएको थियो। तर एक दिन अघिसम्म डिन कार्यालयमा एकजना पनि परीक्षार्थीले उपस्थित हुन नसक्ने भनेर सूचित गरेको थिएन। त्यसो त न्याम्सले परीक्षा सार्ने निर्णय गर्नासाथ परीक्षार्थीहरू त्यसदिन आन्दोलन गरेका थिए।

यता, नेपाल मेडिकल काउन्सिलले यस वर्ष एमडी एमएसतर्फ ११५ र डिएम र एमसीएच तर्फ २१ सिट निर्धारण गरेको छ। जसमा एमडिरएमडिएमएसतर्फ एनेस्थेसियामा १५, डर्माटोलोजीमा २, इएनटीमा ४, इन्टरनल मेडिसिनमा १५, गाइनोकोलोजीमा १४, अप्थोमोलोजीमा १७, अर्थोपेडिक्समा ८ सिट दिएको छ।

त्यसैगरी, पेड्रियाटिक्समा ११, साइक्याट्रिकमा १, प्थाथोलोजीमा ३, एमडिजिपीमा ३, रेडियोलोजीमा ६, रेडिएसन अंकोलोजीमा २ र जनरल सर्जरीमा १४ सिट निर्धारण गरेको छ। डिएममा कार्डोलोजीमा ३, गास्ट्रो इन्ट्रोलोजीमा ३, हेपोटोलोजीमा २, मेडिकल अंकोलोजीमा २, नेफ्रोलोजीमा २ सिट निर्धारण गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.