|
फाइल फोटो

ओखलढुंगा : पूर्वसांसद तथा नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले काठमाडौंको शहीदगेटमा नेपालका पहिलो शहीद लखन थापा मगरको सालिक राखिनुपर्ने बताएका छन्। खतिवडाले मानेभञ्ज्याङ गाउँपालिकामा सम्पन्न नेपाल मगर संघ ओखलढुंगाको जिल्ला अधिवेशन उद्घाटन गर्दै यस्तो बताएका हुन्।

उनले कार्यक्रममा पहिलो शहीद थापा मगरको सालिकसहित अन्य शहीदहरुको सालिक राखिनुपर्नेमा जोड दिए। सबै जात, धर्म, संस्कृतिलाई समेट्ने संविधान बनेकाले थापामगरको सालिक राखिएमा त्यसले थप सार्थकता पाउने खतिवडाको भनाइ थियो।

एक फरक प्रसंगमा बोल्दै नेता खतिवडाले राज्यले सबैलाई आतंकित बनाउन थालेको आरोप लगाए। आफ्नै पार्टीका नेताले विगार गर्दा राज्य जोगाउन लागि परिरहेको र अन्य पार्टीका नेता, कार्यकर्तालाई कारबाही गर्न राज्य अग्रसर हुँदै गएको उनले बताए। कानुन सबैलाई समात तवरले लागू हुनुपर्ने उनको माग थियो।

अधिवेशनमा प्रमुख अतिथिको रुपमा पूर्वसांसद तथा नेपाली कांग्रेसका नेता रामहरि खतिवडा नेपाल मगर संघका केन्द्रीय सचिव इच्छुक रानामगर मानेभञ्ज्याङ गाउँपालिका अध्यक्ष मोतीराज राईलगायत सहभागी थिए।

नेपाल मगर संघ ओखलढुंगाको दोस्रो अधिवेशनबाट पुनः नीरबहादुर मगर  अध्यक्ष भएका छन्। मानेभञ्ज्याङमा सम्पन्न अधिवेशनले २१ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.