|

पर्सा : भारतबाट ५ लाख ८३ हजार ५६० रुपैयाँ नेपाली नोट लिएर आउँदै गरेका एक भारतीयलाई पर्सा प्रहरीले वीरगन्जमा पक्राउ गरेको छ। 

भारतको रक्सौलबाट अवैध रकम लिएर नेपालतर्फ आउँदै गरेको समयमा वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट अभियुक्तलाई नेपाली नोट सहित प्रहरीले पक्राउ गरेको हो। 

पक्राउ पर्ने व्यक्ति भारत बिहार जिल्ला मोतिहारी, थाना रामगढवा वडा नम्बर १६ बर्ष ४८ का कृष्ण मोहन कलवार रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। 

उनी वीरगन्ज महानगरपालिका-१६ नगवामा डेरा गरी बस्दै आएको खुलेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरिक्षक वीरेन्द्र शाहीले बताए। 

अभियुक्त कलवार मजाले अवैध रकमसहित स्कूटी चलाएर नेपाल प्रवेग गरिसकेको समयमा प्रहरी चेकजाँचका क्रममा पक्राउ परेको उनको भनाइ छ। 

कलवारको साथबाट सुनका २ थान सिक्का, गणेश भगवान भएको लकेट १ थान र विभिन्‍न बैंकका चेकबुक र भौचर पनि फेला परेको पर्सा प्रहरीले जनाएको छ। 

कात्तिक ४ गते पक्राउ परेका कलवारका बारेमा ५ गते भरदिन लगाएर अनुसन्धान गरी उनले भारततर्फबाट ल्याएको नेपाली रकम वैध नभई कलवार हुण्डी कारोवारी भएको ठहर भएपछि मात्रै सार्वजनिक गरिएको पर्साका प्रहरी प्रवक्तासमेत रहेका प्रहरी नायव उपरीक्षक शाहीले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.