|

काठमाडौं : पिएसजी स्टार केलियन एम्बाप्पे युइएफएमा १५ गोल पूरा गर्ने कान्छा खेलाडी बनेका छन्। क्लब ब्रुगविरुद्ध पहिलो गोल गरेसँगै उनले कम उमेरमा १५ गोल गर्ने लियोनल मेस्सीको रेकर्डलाई तोडेका हुन्।

मेस्सीले २१ वर्ष२२८ दिनको उमेरमा युइएफए च्याम्पियनस लिगमा १५ गोल गरेका थिए। तर, एम्वाप्पेले २० वर्ष ३०६ दिनको उमेरमा कोसेढुंगा पार गरे। क्लब ब्रुगविरुद्ध ५-० को जित निकाल्दा ३१ मिनेटको अवधिमा उनले ह्याट्रिक पूरा गरेका थिए।

खेलको ५२औँ मिनेटमा इरिक मेक्सिमको स्थानमा मैदान प्रवेश गरेका एम्वाप्पेले ६१औँ मिनेटमा पहिलो गोल गर्दै मेस्सीको रेडर्क तोडेका थिए। ६३औँ मिनेटमा माउरियो इकार्डीका लागि एसिस्ट गरिदिए।

७९औँ मिनेटमा डि मारियाको पासमा व्यक्तिगत दोश्रो गोल गरे। ८३औँ मिनेटमा मारियाकै पासमा ह्याट्रिक पूरा गरे। खेलको ७औँ मिनेटमा नै गोल गर्दै इकार्डीले सुरुवाती अग्रदा दिलाएका थिए।

२० वर्षीय एम्वाप्पेले च्याम्पियनस लिगमा गोल संख्या १७ पुर्‍याएका छन्। कम उमेरमा १५ गोल गर्नेको सूचीमा राउल रहेका छन्। उनले २२ वर्ष १६३ दिनको उमेर कोशेढुंगा छोएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.