|

कास्की : उपनिर्वाचनको मिति नजिकिँदै कोही दल उम्मेदवारको टुंगो लगाउन व्यस्त छन् भने कोही उम्मेदवार घोषणामा। यता, नेकपा र राष्ट्रिय जनमोर्चाले भने चुनावी तालमेल गर्ने समझदारी गरेका छन्।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको दुई पार्टीको छलफलले बागलुङमा राष्ट्रिय जनमोर्चालाई नेकपाले सहयोग गर्ने समझदारी भएको जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिए।

'पहिले प्रदेशमा संघमा जस्ले जहाँ जितेको छ अब त्यहाँ त्यसैले त्यही पार्टीलाई जिताउन सहयोग गर्ने समझदारी भएको छ,’ केसीले थाहाखबरसँग कुरा गर्दै भने, ‘समझदारी गर्दा पहिले हाम्ले प्रदेशमा जितेको बागलुङ २ '' मा भने हाम्रो पार्टीको उम्मेदवारलाई नेकपाले सहयोग गर्ने अन्यत्र संघमा प्रदेशमा सबै ठाउँमा हामीले नेकपालाई सहयोग गर्ने समझदारी भयो।'

उनले नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, उनका राजनीतिक सल्लाहकारहरू र आफूबीच मौखिक समझदारी भएको समेत प्रष्ट पारे। केसीले भने, बामपन्थीहरू समझदारीले प्रतिक्रियावादीहरूलाई परास्त गर्नेछ।’ यसअघि निर्वाचित सांसद टेक बहादुर घर्तीको उपचारको क्रममा निधन भएपछि बाग्लुङ २ ख खाली छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.