|

काठमाडौं  : चालु आर्थिक वर्षको दोस्रो महिना पनि शोधनान्तर नाफामा देखिएको छ। पहिलो महिना पाँच अर्ब रुपैयाँ नाफामा देखिएको शोधनान्तर नाफा (देशबाट बाहिरिनेभन्दा भित्रिने धेरै रकम) दोस्रो महिना थप साढे अर्ब रुपैयाँले वृद्धि भएको छ। 

नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक स्थिति र वित्तीय स्थिति प्रतिवेदनले शोधनान्तर आठ अर्ब ८३ करोड रुपैयाँ नाफामा गएको छ। गत वर्षभरमा ६७ अर्ब रुपैयाँको घाटा थियो भने दुई महिनामा २५ अर्ब ४५ करोड रुपैयाँ घाटामा रहेको थियो। 

लामो समयदेखि नाफामा रहेको शोधानन्तर घाटामा देखिएपछि अर्थतन्त्रमा नकारात्मक असर गरेको विश्‍लेषकहरूको भनाइ थियो। तर, चालु आर्थिक वर्षको पहिलो महिना उल्लेख्य सुधार हुँदै पाँच अर्ब नाफामा देखिएको हो।

शोधानन्तर घाटा घट्नुको मुख्य कारण व्यापार घाटामा उल्लेख्य कमी आउनु हो। आर्थिक वर्ष २०७४/७५ को तुलनामा गत आर्थिक वर्षको दोस्रो महिना २४ प्रतिशतले आयत व्यापार बढेकोमा चालु आर्थिक वर्षमा १.२ प्रतिशतले घटेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.