|
फाइल तस्विर

कञ्चनपुर : कञ्चनपुरको गड्डाचौकीबाट सेवाग्राहीसँग घुसको रकम लिँदै गर्दा एकजना प्रहरी जवानलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ। सेवाग्राहीबाट पाँच हजार रुपैयाँ घुसको रकम लिँदै गर्दा प्रहरी जवान दीपक चौधरी पक्राउ परेका हुन्।

भारतबाट आएका सेवाग्राहीबाट कम भन्सारमा सामान लैजानका लागि मिलाउने भनेर घुसको रकम लिँदै गर्दा प्रहरी जवान चौधरीलाई रंगेहात पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय, महेन्द्रनगरका सूचना अधिकारी टोपबहादुर बिष्टले बताए।

पक्राउ परेका चौधरीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको उनले बताए। चौधरी इलाका प्रहरी कार्यालय गड्डाचौकीमा कार्यरत रहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.