|

विराटनगर : बोक्सोको आरोपमा वृद्धलाई हत्या गरेर फरार रहेका एकजनालाई प्रहरीले मोरङ प्रहरीले पक्राउ गरेको छ। बञ्चरो प्रहार गरेर रंगेली नगरपालिका ९ दर्वेसाका ६४ वर्षीय पहाडचन राजवंशीको हत्या गर्ने सोही ठाउँका १९ वर्षीय भरतलाल राजवंशी मंगलबार राति पक्राउ परेका हुन्।

घटना भएको अढाइ वर्षपछि भरतलाई पक्राउ परेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी शेखर कोइरालाले जानकारी दिए। घटनापछि फरार रहेका भरतलाई गाउँमै फर्किएर लुकिछिपी बसेको अवस्थामा इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

भरतले बञ्चरो प्रहार गरेर २०७४ साल असार ११ गते बाटो ढुकेर भरतले वृद्धको हत्या गरेको प्रहरीको भनाइ छ। हत्यापछि झाडीमा बन्चरो फ्यालेर फरार भएका उनलाई लामो समयपछि प्रहरीले पक्राउ गरेको हो। प्रहरीले फ्यालेको ठाउँमा बन्चरो खोजी गरे पनि फेला पार्न सकेन।

हत्याअघि वृद्धलाई बोक्साको आरोप लगाएर स्थानीय बासिन्दाले पनि यातना दिएका थिए। बोक्साको आरोप लगाउँदै गाउँबाट विस्थापित गराइएका उनको स्थानीय प्रशासन र संघ संस्थाको पहलमा पुनर्स्थापना भएको केही समयमै हत्या भएको प्रहरीले जनाएको छ। प्रहरीले घटनाका बारेमा थप अनुसन्धान थालिएको बताएको छ।

वृद्धमाथि मानव मलमूत्र खुवाउने प्रयास गर्दै निर्घात कुटपिट भएपछि प्रहरीले २०६९ सालमा प्रहरीले सातजनाविरुद्ध मुद्दा चलाएको थियो। उनीहरू धरौटीमा छुटेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.