अदालतबाट ८ दिन म्याद थपियो

|
प्रतीकात्मक फोटो

पाल्पा : जातीय गालीगलौज गर्दै मजदुरलाई कुटपिट गरेको आरोपमा एक जनप्रतिनिधिलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा जिल्लाको तिनाउ गाउँपालिका-६ मस्यामका वडा सदस्य चुन्नबहादुर विष्ट रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक देवराज पौडेलले बताए।

'अभियुक्त विष्टलाई बुधबार बेलुकी नै जिल्ला अदालत पाल्पाबाट ८ दिनको म्याद थप भएको छ', प्रहरी निरीक्षक पौडेलले भने, 'घटनाबारे थप अनुसन्धान भइरहेको छ।'

विष्टमाथि स्थानीय ५१ वर्षीय मनवीर नेपालीलाई कुटपिट गरेको आरोप लागेको छ। आफूलाई 'तँ सार्की, डांग्रा' भन्दै मुक्का र लात्तीले हानेको नेपालीले प्रहरीमा दिएको जाहेरीमा उल्लेख गरिएको छ।

दाहिने आँखा वरिपरि निलडाम हुनुका साथै सुनिएको अवस्थामा रहेका नेपालीको स्वास्थ्य अवस्थाबारे जिल्ला अस्पताल पाल्पामा परीक्षण गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार विष्टले आइतबार बिहान नेपालीलाई कुटेका हुन्।

अभियुक्त विष्टविरुद्ध मंगलबार जातीय छुवाछुत तथा विभेदविरुद्धको मुद्दा दर्ता गरिएको छ। उनीविरुद्ध जातीय छुवाछूत तथा भेदभाव (कसूर र सजाय) ऐन, २०६८अन्तर्गत मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.