|

दाङ : श्रीमतीको हत्यापछि फरार एक व्यक्तिलाई प्रहरीले ६ वर्षपछि पक्राउ गरेको छ।

साबिकको चैलाही गाविस २ र हाल लमही नगरपालिका ५ कोइलाबास रोडमा बस्ने ३० वर्षीय प्रदीप कुमार जयसवलालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। 

जयसवालले २०७० साल असार २५ गते श्रीमती प्रितीकुमारी जयसवाललाई हत्या गरी फरार भएका थिए। उनलाई श्रीमती हत्या काण्डमा दोषी ठहर गर्दै दाङ देउखुरी जिल्ला अदालतले  २०७४ साल पुस १७ गते  १८ वर्ष ८ महिना १९ दिन कैद सजायको फैसला सुनाएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.