|
फाइल तस्विर

काठमाडौं : पोषणसम्बन्धी विश्व सम्मेलनमा पनि नेपालमा हुने भएको छ।

राष्ट्रिय योजना आयोगले बुधबार पत्रकार सम्मेलन गरी आगामी कार्तिक १८ गतेदेखि काठमाडौंमा सो सम्मेलन आयोजना गर्न लागिएको जानकारी गराएको हो। बढी पोषण पनि कुपोषण हो भन्ने सन्देशसमेत दिनेगरी आयोजना हुने सो सम्मेलनका विश्वका विभिन्न मुलुकका सरकारी प्रतिनिधि र विज्ञहरू सहभागी हुनेछन।

सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने पनि आयोगका प्रवक्ता किरण रुपाखेतीले जानकारी दिए। ४ दिनसम्म चल्ने सम्मेलनमा कुपोषणबाट मुक्ती पाउनका लागि आवश्यक रणनीति तय गर्ने विषयमा छलफल केन्द्रित हुनेछ।

नेपालमा हाल २८ दशमलव ६ प्रतिशत बालबालिका कुपोषणको शिकार बनेको सरकारी तथ्यांक छ। उनीहरूलाई त्यसबाट मुक्त गराउन पनि सो विश्व सम्मेलनले आवश्यक मार्ग निर्देशन गर्ने सरकारको अपेक्षा छ।

पृथ्वी र मानवजाति दुवैलाई पोषित गर्ने मूल नाराका साथ आयोजना हुने सो विश्व सम्मेलनमा पोषणका क्षेत्रमा कार्यरत एक सयभन्दा बढी अन्तर्राष्ट्रिय संघ, संस्थाका प्रतिनिधिहरू पनि सहभागी हुनेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.