|

काठमाडौं : इटहरीका चारजना युवाले सगरमाथा आधार शिविरमा बुधबार ४ घण्टा 'भोक हड्ताल' गरेका छन्। बिहान १० बजेदेखि २ बजेसम्म उनीहरुले ५३६० मिटर उचाइमा भोक हड्ताल गरेका हुन्।

सन् २०१६ मा भएको पेरिस सम्झौता र स्विडेनकी वातावरण अभियान्ता ग्रेता तुलबर्ग, नेपाल सरकारले मौसम परिवर्तनबारेमा सन् २०२० मा गर्न लागेको सगरमाथा सम्वाद र प्रदेश १ सरकारले बनाउन लागेको केचनादेखि सगरमाथासम्मको इको ट्रेकको समर्थनमा उनीहरुले भोक हड्ताल गरेको टिम लिडर सुरेश कार्कीले जानकारी दिए।

पर्यटन पत्रकार महासंघ प्रदेश १ अध्यक्ष विराट अनुपम, नेकपा सुनसरी नेता सागर सुवेदी र युवा उद्यमी सन्तोष निरौलासहितको समूहले वातावरणीय न्यायका लागि 'भोक हड्ताल' गरेका हुन्।

नेकपा सुनसरी नेता  सुवेदीले भने,'आफ्नै खर्चमा सगरमाथा आधार शिविर आएर हामिले सांकेतिकरूपमा ४ घण्टा भोकहड्ताल गरेका हौँ। यो एउटा सांकेतिक म्यासेज मात्रै हो।' 

२ बजेसम्मको भोक हड्ताललाई संसारको सबैभन्दा अग्लो ५०५० मिटर उचाइस्थित सोलुखुम्बुको लोबुचेको पिरामिड रिसर्च सेन्टरका म्यानेजर काजी बिस्टले जुस खुवाएर तोडेका थिए। टिमको नेतृत्वको गरेका कार्कीले २४ घण्टे भोक हड्तालको कार्यक्रम बनाइएको थियो। तर बाक्लै हिउँ परेर चिसो भएकाले ४ घण्टामा झारिएको सुवेदीले थाहा खबरलाई जानकारी दिए ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.