|

काठमाडौं : नेपालको पहिलो महिला फ्रेन्चाइज क्रिकेट प्रतियोगिता वुमन्स च्याम्पियन्स लीग क्रिकेटको उपाधिका लागि आज चितवन राइनोज र क्याट क्वीन्स काठमाडौं भिड्दैछन्।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान साढे ११ बजे सुरु हुने प्रतियोगितामा दुबै टोली उपाधि कब्जा गर्ने उद्देश्यका साथ मैदान प्रवेश गर्नेछन्।  राउण्ड रोबिन लिगका आधारमा भएको ५ टोली सहभागी प्रतियोगितामा चितवन सतप्रतिशत जित निकाल्दै फाइनलमा प्रवेश गरेको हो।

काठमाडौंले भने विराटनगरसँग इलिमिनेटर खेलेको थियो। चितवन ईन्दु बर्माको नेतृत्वमा मैदान उत्रिँदा काठमाडौं रुबिना क्षेत्रीको कप्तानीमा हुनेछ।  क्विन्स ईभेन्ट म्यानेजमेन्टले आयोजना गरेको प्रतियोगिताको विजेताले ७ लाख र उपविजेताले ३ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.