|

बैतडी :  स्काभेटरले किच्दा  बैतडीमा एक जनाको मृत्यु भएको छ।  मृत्यु हुनेमा मेलौली नगरपालिका ५ पेलेका ५५ वर्षीया शुक्र सिंह पुजारा रहेका छन्। 

मेलौलीको लामालेक– ढणौन सडकखण्डको पेलेमा स्काभेटरमा सवार रहेका पुजाराको एक्कासी खसेर स्काभेटरले किचेको प्रहरीले जनाएको छ। लामालेक– ढणौन सडक निर्माण पछी घर निर्माणको लागि खन्नका लागि ल्याउदै गरेका अवस्थामा बिहीवार बिहान ८ बजे पेले भन्ने ठाउँमा खसेको इलाका प्रहरी कार्यालय मेलौलीका प्रहरी नायब निरीक्षक मानसिंह बोहराले जानकारी दिए।  

स्काभेटर चालक दशरथचन्द नगरपालिका २ देहिमाडौंका ३० वर्षीय शेरीसिंह बोहरा फरार रहेका छन्।  फरार चालक खोजी भइहरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.