|

काठमाडौं : नेपालीहरूले दोस्रो ठूलो चाड तिहार धुमधामसँग मनाइरहेका छन्। घरघरमा दीपावली र लक्ष्मीपूजा गरेर मनाइने यो चाडको विशेष रौनक हो। फूल र बत्तीको पर्व पनि हो तिहार। तिहारको पाँचदिन घरघरमा बत्ती र फूलले सजाएर झकिझकाउ बनाइन्छ।

केही वर्षअघिसम्म यो पर्व फूल र मैनबत्तीले उत्सवमय बनाइन्थ्यो। तर अहिले बिजुलीले यो पर्व अझै भब्य बन्ने गरेको छ। देश लोडसेडिङमुक्त भएपछि त तिहार झनै उल्लासमय भएको छ।

केही सेकेन्ड पनि बिजुली जान छाडेपछि तिहारको लक्ष्मीपूजाको दिन राजधानी उपत्यकासहित देशभरका सहर चम्किएका छन्। पहिले दियो र मैनबत्ती बालेर गाउँ सहर झिलिमिली पार्ने चलन थियो । पछिल्लो समय सहरदेखि गाउँसम्म विद्युतीय उपकरणबाट तिहारको स्वागत गरिन्छ।

देश लोडसेडिङमुक्त भएसँगै तीन वर्षदेखि नेपालीका घर उज्यालिएका छन्। झिलिमिली बत्तीले संघीय राजधानी सहर झकिझकाउ भएको छ। यो वर्षको तिहारलाई काठमाडौं उपत्याकाका विभिन्न अग्ला डाँडाका बिन्दुबाट नियाल्दा देखिएको झिलिमिली बिजुलीको भव्यता :

 

 

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.