|

काठमाडौं :  सिस्‍नुपानी नेपालले  उठाएको समसामयिक विषयमाथि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रशंसा गरेका छन्। प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा व्यङ्ग्यलाई व्यङ्ग्यका रूपमा नलिई आफूहरूको कमीकमजोरी संस्थाले उठाएको प्रधानमन्त्री ओलीले बताए।

राजनीतिक दलका प्रमुख नेताहरूको उपस्थितिमा आइतबार साँझ आयोजना गरिएको सो देउसी भैलो कार्यक्रममा पूर्वसभामुख कृष्णबहादुर महराको काण्डलाई लहराको संज्ञा दिँदै भिआइपी अरू पनि कति महराहरू होलान् भनी व्यंग्य गरिएको थियो।

स्थायी सरकारले सोचे अनुरूप काम गर्न नसकेको भन्दै पाँच वर्ष कटाउन मात्र सरकार लागि परेको भन्दै पाँच वर्ष बित्न तीन वर्ष बाँकी रेशम फिरिरी भन्दा हासोले हल गुञ्जीएको थियो।

कार्यक्रममा लाउडा काण्ड, चिन भारतसँग नेपालको सम्बन्ध, सर्वहारा जनताका नेताहरूको रवाफीलो जीवनशैलीबारे रोतक तरिकाले उठायएको थियो। कवि अर्जुन पराजुलीले सहरमा बगली बगलीमा लालपूर्जा राखेर गाउँको नाम जप्ने गरिएको भन्दै कवितामार्फत राजनीतिक दलहरूप्रति व्यक्त गरे। उनले काँधमा हलो भिरेर तन्दुरी जोत्न पाँच तारे होटल जाने गरेको भन्दै राजनीतिक दलका नेतालाई गोरुको रुपमा चित्रण गरेका छन्।

यस्तै  हास्य कलाकार मनोज गजुरेलले चिनिया नागरिकबाट हुने तस्करीप्रति संकेत गर्दै जोगीको भेषमा व्यंग्य गरे। उनले ‘उत्तरी दिशाबाट आउने सुन तस्कर गेट बाँधो, दक्षिणी दिशाबाट आउने काला बजारीको सिन्डीकेट बाँधो’ भनेर व्यंग्य कसे।

गजुरेलले चिनियाँ राष्ट्रपतीको नेपाल भ्रमणमा भएका सम्झौता प्रति लक्षित गर्दै सबै काम अरूले गरिदिने आश्वासनमा नेपाल सरकार ढुक्क भएर नबस्न आग्रह समेत गरे। गायक शिशिर यफगीले पनजि आफ्ना प्रस्तुती दिए। सिस्नुपानी नेपालले दुई दशकयता समसामयिक विषयमा व्यंग्य गर्दै देउसी भैलो कार्यक्रम संचालन गर्दै आएको छ।


तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.