|

आफू मातहतको पञ्चाङ्ग निर्णायक समितिले यो वर्षको भाइटीका मंगलबार रहेको उल्लेख हुँदाहुँदै सरकारले नै यो वर्ष नेवार समुदायको भाइटीकाका लागि छुट्टै विदा दिएको छ बुधबार। अर्थात् यो वर्ष भाइटीका दुई दिन मनाइँदैछ। समितिको पञ्चाङ्ग अनुशरण गर्नेले मंगलबार र विशेषगरी नेवार समुदायले बुधबार। सरकारी जागिरमा रहेकोहरूका लागि एकदिनको विदा फाइदा भएको छ।

सरकारी पात्रोमा मंगलबार ४ घडी ५ पला  अर्थात् ७ः५१ बजेसम्म प्रतिपदा रहने त्यसपछि द्वितीया लाग्ने बताइएको छ। त्यसैले यही दिन भाइटीका गर्नुपर्ने समितिका सदस्यसचिव सूर्यप्रसाद ढुंगेलले बताए। समितिले यो वर्षको भाइटीकाको साइत मंगलबार ११ बजेर ५५ मिनेटका लागि तोकेको छ। यता द्वितीयाको सूर्योदय हुने दिन नै भाइटीका (किजापूजा) गर्ने भन्दै नेवार समुदायले बुधबार मनाउने भएको हो।

नेवार संस्कृतिका जानकार महेश्वर जुजु राजोपाध्यायका अनुसार जुन दिनको पर्व मनाउने हो, सूर्योदय पनि त्यही तिथिमा हुनुपर्छ। भाइटीका कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने पर्व भएकाले प्रतिपदाको सूर्योदय भएको दिन मनाउन मिल्दैन। ‘मंगलबार ४ घडी ५ पलापछि द्वितीया लाग्ने भए पनि प्रतिपदामा सूर्योदय हुन्छ’, उनले भने, ‘बुधबार द्वितीयामा सूर्योदय हुने भएकाले भाइटीका त्यसै दिन गर्न लागेका हौँ।

समितिका सदस्यसचिव ढुंगेलले निकालेको सूर्य पञ्चाङ्गमा गोवर्धनपूजा यमद्वितीया, भाइटीका, किजापूजा र नेपालसंवत् ११४० शुरु हुने एकै दिन उल्लेख छ। तथ्य के हो भने नेवार समुदायले म्हःपूजा नयाँ वर्षकै दिन प्रतिपदाकै दिन गर्छ। त्यसैले त अरुले भाइटीका गरेको दिन नेवारहरू नयाँ वर्ष मनाउँदैछन्। बेलुकी म्हःपूजा गर्दैछन्। भोलिपल्ट भाइटीका लगाउँदैछन्।

सरकारी पात्रोमै बुधबार द्वितीया ११ पला मात्रै छ। सूर्योदय ६।१३ मा हुन्छ भने ६।१८ सम्ममात्रै अर्थात् पाँच मिनेट मात्र द्वितीया रहन्छ। अर्थात् टीका लगाउने समय त द्वितीया घर्किएर तृतीया लाग्ने भयो।

उदेकलाग्दो विषय त के भने सरकारी पात्रोमा मंगलबार नै भाइटीका, किजापूजा र नेपाल संवत्को नयाँ वर्ष उल्लेख गरिएको छ। म्हःपूजा (आत्मपूजा) भने अघिल्लो दिन नै गर्नुपर्ने बताइएको छ। शास्त्रमा उल्लेख गरिएको भन्दै समितिले गाईगोरु म्हःपूजा सोमबार नै गर्नुपर्ने दाबी गरेको छ। समितिका सदस्यसचिव ढुंगेलले निकालेको सूर्य पञ्चाङ्गमा गोवर्धनपूजा यमद्वितीया, भाइटीका, किजापूजा र नेपालसंवत् ११४० शुरु हुने एकै दिन उल्लेख छ। तथ्य के हो भने नेवार समुदायले म्हःपूजा नयाँ वर्षकै दिन प्रतिपदाकै दिन गर्छ। त्यसैले त अरुले भाइटीका गरेको दिन नेवारहरू नयाँ वर्ष मनाउँदैछन्। बेलुकी म्हःपूजा गर्दैछन्। भोलिपल्ट भाइटीका लगाउँदैछन्।

पर्व मनाउन अन्योल

तिथिको अन्योलका कारण केही नेवारहरूले सोमबार बेलुकी नै म्हःपूजा गरेका छन्। मंगलबार नै भाइटीका गर्ने तयारीमा छन्। वैदिक पात्रोका सम्पादक प्रमोदवर्धन कौण्डिन्न्यायनका अनुसार यो वर्षको तिहार मनाउने विषयमा नेवारी परम्पराका ज्ञाताहरूमै दुइ मत देखिएको छ। ‘एकथरीले कर्मको काल बिहान, दिउँसो, बेलुकी वा राति जतिखेर हो त्यतिखेर रहने तिथि लिने (यस्य कृतस्य यः कालस्तत्कालव्यापिनी तिथिः) परम्परा हो भनेका छन्’, उनी लेख्छन्, ‘अर्काथरिले सूर्योदयका वेला हुने तिथिअनुसार दिनभर कर्म गर्ने परम्परा हो भनेका छन्।’ यी दुई मान्यताअनुसार एकथरीले ८ गते नै कागतिहार मनाएर गरेर १२ गते भाइटीका मनाउन लागेका हुन् भने अर्काथरीले ९ गते कागतिहार गरेर १३ गते भाइटीका गर्न लागेका हो।

अखण्ड रूपमा चाडपर्व मनाउनुपर्छ भन्ने कुरा वेदको अहोरात्रात्मक तिथि मान्ने सिद्धान्त (सूर्योदयदेखि अर्को सूर्योदय नहुँदासम्म एउटै तिथि रहने मान्यता)सँग मिल्ने कौण्डिन्न्यायनको तर्क छ। ‘तर सूर्योदयको तिथि मान्दा सूर्योदयको तिथि पनि टुट्न सक्ने भएकाले त्यसका आधारमा अखण्ड रूपमा चाडपर्व मनाउन सकिँदैन’, उनी लेख्छन्, ‘तत्कालव्यापिनी तिथि पनि त्यस समयमा नपर्ने हुँदा तिथिको समय घट्दै गइरहेको अवस्थामा त्यो तिथिको आधार लिएर पनि अखण्ड रूपमा चाडपर्व मनाउन नमिल्ने हुन्छ।’ अखण्ड रूपमा पर्व मनाउन वैदिक कालगणना अँगाल्न उपयुक्त हुने उनको तर्क छ। 

सरकारी पात्रोमै बुधबार द्वितीया ११ पला मात्रै छ। सूर्योदय ६।१३ मा हुन्छ भने ६।१८ सम्ममात्रै अर्थात् पाँच मिनेट मात्र द्वितीया रहन्छ। अर्थात् टीका लगाउने समय त द्वितीया घर्किएर तृतीया लाग्ने भयो।

यस्तो छ पात्रोमा 

कात्तिक ८ गते शुक्रबार नै यमपञ्चक आरम्भ भएको उल्लेख छ। ८ गते शुक्रबार ४ः३१ बजे त्रयोदशी लागेको थियो। तर शनिवार २ः८ बजेसम्म त्रयोदशी रहेका ले त्यसै दिन कागतिहार गर्न भनिएको थियो। आइतबार चतुर्दशी ११ः५० सम्म रहने त्यसपछि औँसी लाग्ने  उल्लेख छ। त्यसैदिन नरक चतुर्दशी र कुकुर तिहार मान्नुपर्ने बताइएको छ। सोमबार औँसी ९ः४३ सम्म रहने प्रतिपदा लाग्ने हुनाले गाई–गोरुपूजा यसै दिन गर्नुपर्ने बताइएको छ। मंगलबार प्रतिपदा बिहान ७ः५१ सम्म रहने उल्लेख छ। यमपञ्चक अर्थात् तिहार पाँच दिनको हुने भए पनि यो वर्ष चार दिन मात्र  मनाइँदै छ।

वैदिक पात्रोमा

कात्तिक ९ गते त्रयोदशी थियो, कागतिहार (काकबलिदान)। चतुर्दशी तिथि टुटेका कारण १० गते औँसीका दिन नरकचर्तुदशी कुकुर तिहार (श्वानबलिदान) का कर्म गर्नुपर्ने उल्लेख छ। यसै दिन कौमुदी महोत्सव आरम्भ हुने र मुख्य पर्व लक्ष्मीपूजा (दीपावली) सोही दिन मनाउने बताइएको छ। ११ गते सोमबार प्रतिपदा अर्थात् गोवर्धनपूजा र  बलिराजपूजा लेखिएको छ। १२ गते मंगलबार द्वितीया भएकाले भ्रातृद्वितीयाको कर्म गर्नुपर्ने उल्लेख छ।

समाधान के?

वैदिक सिद्धान्तअनुसार एक सूर्योदयदेखि अर्को सूर्योदयसम्म एउटै तिथि रहन्छन्। वर्षमा छ वटा चतुर्दशी मात्र टुट्छन्। तिथिहरूको गणना शुरु हुनुभन्दा अघि अर्थात् आजभन्दा १५०० सय वर्षअघि वैदिक अहोरात्रात्मक तिथिका आधारमा नै लगातार अखण्ड रूपमा चाडपर्व मनाइने गरिएको वैदिक पात्रोका सम्पादक कौण्डिन्न्यायनको भनाइ छ। मल्लकालको चाडपर्वको इतिहास खोजी गरेका पनि तिथि टुट्दा वा बढ्दा कसरी चाडपर्व मनाउने गरिएको रहेछ भन्ने बुझ्न सहयोग पुग्ने उनी बताउँछन्। 

वैदिक कालगणनाअनुसार पनि मंगलबार नै द्वितीया भए पनि सरकारी पात्रोले पारेको अन्योलका कारण नेवार समुदाय बुधबार भाइटीका गर्ने मनस्थितिमा पुगेको हो। भाइटीका दुईदिन मनाउन लागिएको हो। यो पटकको भाइटीकाको मात्र होइन, महत्त्वपूर्ण पर्व मनाउने क्रममा वेलावेला यस्ता समस्या देखिने गरेका छन्। बर्सेनि चाडपर्वमा देखिने यस्ता अन्योल हटाउन वेद, धर्मशास्त्र र ज्योतिषका विद्वानहरू लाग्नुपर्ने देखिन्छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.