|

बैतडी : सबैतिर तिहारको रौनक चलेका बेला बैतडीको पुर्चौडी नगरपालिका-४ र वडा नं. ५ भने शोकमा डुबेको छ।  तिहारकै बेला उक्त गाउँका तीनजनाको भारतमा सामुहिक हत्या भएपछि सिंगो गाउँ शोकमा डुबेको हो।  

भारतको पिथौरागढमा मजदुरी गर्दै आएका पुर्चौंडी नगरपालिका-५ दहतोलीका ३६ वर्षीय हरे बोहरा र २७ वर्षीय बीरा बोहरा र पुर्चौंडी नगरपालिका-४ भटना तडीखेतका ३६ वर्षीय कासी बोहराको हत्या भएपछि सिंगो गाउँ शोकमा डुबेको जिल्ला समन्वय समिति उपप्रमुख धनबहादुर बोहराले बताए। ‘सबैतिर तिहारको रौनक छ तर यहाँ भने गाउँ नै शोकमा डुबेको छ’, स्थानीयबासी समेत रहेका उनले भने।

रोजगारीको लागि भारतको पिथौरागढमा रहेका उनीहरु तीनैजनाको कात्तिक ८ गते पिथौरागढको सिलौल मड भन्ने स्थानमा लिंगसमेत काटेर हत्या गरिएको थियो। 

तर घरमा भने कात्तिक १० गते मात्रै खबर प्राप्त भएको थियो। हरे बोहरा र बीरा बोहरा सहदोर भाइ हुन्। उनीहरु पिथौरागढको सिलौल मड भन्‍ने ठाउँमो डेढ वर्षयता मजदुरी गर्दै आइरहेका थिए।

वीरा बोहरा तथा हरे बोहराका ७० वर्षीया मनोरी बोहरा आमा गाउँमै रहेका पुर्चौंडी नगरपालिका-५ का वडा अध्यक्ष नागीसिंह खडायतले जानकारी दिए। 

वीरा बोहराका श्रीमती छोराछोरी भने कैलालीको फूलबारीमा बस्दै आएका छन्। बीरा बोहरा केही महिना अघिमात्रै दाजु भाउजू भेट्न पिथौरागढ गएका थिए। मृतक हरे बोहराकी श्रीमती किर्रा बोहरा पनि मजदुरीका लागी भारतमै थिइन्। घटनापछि उनी फरार छिन्।

किर्रा भने बझाङ पुगेको खबर प्राप्त भएको जिल्ला समन्वय समितिका उपप्रमुख धनबहादुर बोहराले बताए। किर्रा फरार रहेकाले हत्यामा उनको संलग्नता रहेको हुनसक्ने अनुमान गरिएको भारतीय सञ्चारमाध्यमलाई उद्धृतगर्दै भारतीय प्रहरीले जनाएको छ।  किर्राले पहिलो श्रीमानलाई छोडेर हरे बोहरासँग बिहे गरेको उनका आफन्तले बताएका छन्। 

स्वदेशमै रोजगारी नहुँदा बैतडीका अधिकांश ग्रामीण क्षेत्रका युवा रोजगारीका लागि भारत पस्ने गरेका छन्। रोजगारीका लागि भारत गएका युवाहरुले भारतमै तथा सीमानाका पनि समस्या झेल्दै आएका छन्।  

काशीको शव बुझे

हत्या गरिएका तीन मजदुरमध्ये एकजना काशी बोहराको शव आफन्तले बुझेका छन्। दुई शव अस्पतालमै रहेका जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए। 

हत्याबारे भारतीय प्रहरीसँग सहयोग आदानप्रदान गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट एकजना प्रहरी सहायक निरीक्षकलाई पिथौरागढ पठाइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.