|

सर्लाही : जिल्लाको हरिपुरमा स्कारपियोको ठक्करबाट बिहीबार मध्यान्ह मोटरसाइक चालकको मृत्यृ भएको छ। 

नवलपुर-मलंगवा सडकखण्ड अन्तर्गत हरिपुर नगरपालिका ६ लक्ष्मीपुरमा मलंगवाबाट नवलपुरतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट भएको बिआर ०६ पिडी ५९ २२ नम्बरको स्कारपियोले विपरित दिशाबाट जाँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा बा ६९ प ४८५ नम्बरको मोटरसाइकल चालक हरिपुरनगरपालिका २ का ३० वर्षीय आषिशकुमार पौडेलको मृत्यु भएको हो। 

तीब्र गतिमा रहेकोे स्कारपियोको ठक्करबाट गंभीर घाइते पौडेलको स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि थप उपचारका लागि हरिवनस्थित नमुना अस्पतालमा रिफर गरिएको थियो। दुर्घटनामा परेर टाउको र छातीमा गंभीर चोटलागेका पौडेलको नमुना अस्पतालमा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। 

मृतक पौडेलको सव पोष्टमार्टमको लागि जिल्ला अस्पताल मलंगवामा राखिएको प्रहरीले जनाएको छ। ठक्कर दिने स्कारपियो चालक बिहारको समस्तीपुर ग्राम पञ्चायत ओइली बस्ने २० वर्षीयका अजय कुमारलाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.