|

काठमाडौं : उपत्यकाको फोहोर मङसिरदेखि नुवाकोटको बन्चरेडाँडामा फालिने भएको छ। सिसडोलको वैकल्पिक स्थान बन्चरे डाँडालाई बनाइएको शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलालले बताए। बिहीबार ललितपुरमा आयोजित एक कार्यक्रममा मंसिर १ गतेदेखि नै राखिने व्यवस्था भए पनि प्राविधिक कारणले केही ढिलो भएको उनले बताए।

'पहिरो आएर बाटो अवरोध भएमा मात्र रोकिन्छ नत्र अब काठमाडौं उपत्यकाको फोहोर बन्चरे डाँडामै फालिन्छ,' उनले भने। सिसडोलमा स्थान अभाव भएकोले बन्चरे डाँडामा लान लागेको उनको भनाइ छ।

फोहोरबाट मोहर कमाउँन सकिने गरी उपत्यकाको फोहोर व्यवस्थापन हुने उनको दाबी छ। सिसडोलमा तीन वर्षसम्म फोहोर राख्ने सम्झौता भएको थियो त्यहाँ वातावरणीय हिसाबले पनि असर हुने भएकोले बन्चरे डाँडामा लान लागेको उनको भनाइ छ।

बन्चरे डाँडामा फोहोर राखिने भएपछि काठमाडौं उपत्यकामा फोहोर देख्न नपाइने उनको भनाइ थियो। दैनिक काठमाडौं उपत्यकामा १८ सय टन फोहोर उत्पादन हुने उनको दाबी थियो। फोहोरलाई व्यवस्थापन गर्नको लागि नागरिकस्तरबाट पहल हुनुपर्ने उनले प्रष्ट पारे।

फोहोरको व्यवस्थापनको लागि स्थानीय निकायलाई जिम्मा दिएको छ तर काठमाडौं उपत्यकाको फोहोर व्यवस्थान गर्न सहरी विकासले जिम्मा पाएकोले बन्चरे डाँडामा यसको निर्माण भइरहेको उनले बताए। उनले भने,'जनताले फोहोरको व्यवस्थापन गर्छौ भन्दा पनि पत्याएका छैनन्। अब गरेर देखाउने समय आएको छ।'

सहर सफा राख्नको लागि राज्यको मात्र जिम्मा नभइ नागरिकको पनि उतिकै जिम्मा रहेको उनको भनाइ छ। घरबाट निस्केर कुहिने र नकुहिने फोहरको पहिचान गरी  फोहोरको निश्कासन गर्न उनले आग्रह गरे।

प्रविधिको प्रयोगले पनि सहरमा फोहोर बढिरहेको उनले बताए। 'लेक्ट्रोनिक्स सामग्री बिग्रन्छ पुनः प्रयोगमा ल्याउन नसक्दा  फोहोर बढिरहेको छ उनले भने,' दैनिक ५०  किलोग्राम इलेक्ट्रोनिक्स सामान फोहोरमा गइरहेका छन् ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.