|

सुनसरी : कोशी राजमार्ग सडकखण्डको  चारकोशे झाडीअन्तर्गत धरान इटहरी सडकमा फोहोर बढेपछि सडक आसपासका बासिन्दा सफाइमा लागेका छन्। इटहरी उपमहानगरपालिका-२० तरहराका बासिन्दाले सडक सफाइ गरेका हुन्।

पानीपियादेखि चारकोसे झाडीका मुख्य सडकका छेउछाउका फोहोर टिप्दै धुलो नियन्त्रणको माग गर्दै सफाइ गरेका हुन्। विरोधको यो फरक शैली हो आफैले नै सफाइ नगरे कसले गर्ने भनेर सडकको सफाइ गरेको वातावरण सफाइ अभियन्ता ध्रुव भण्डारीले बताए।

'हामी अवरोध नगरी काम गर्छौ र काम गर्नलाई बन्द र तोडफोडमा उत्रनु हुँदैन भन्ने सन्देश दिन्छौँ,' उनले भने। उनका अनुसार पर्यटन वर्ष २०२० लाई सफल बनाउन सडक सफाइ गरेको हो। स्थानीय सरकारले चासो नदिएकोले बाध्य भएर स्थानीयले सफाइ गर्नुपरेको उनको भनाइ छ।

बातारण प्रदूषण राेक्नलाई पनि इटहरी उपमहानगरपालिकाले  खासै चासाे नदेखाएकोले स्थानीय बासीले सफाइ गर्नुपरेको उनले जानकारी दिए। सामुदायिक वनका कर्मचारी र गस्ती टाेलीले सफाइ कार्यक्रम गरेको उनले प्रष्ट पारे। धरान इटहरी सडकखण्डले छिमेकी राष्ट चीनको नाकालाई छुने भएकोले पनि यो राजमार्गको सफाइ गर्नुपरेको उनले बताए।

स्थानीयले बढी फोहोर गरेको उनले गुनासो गरे। उनले भने, 'स्थानीय जङगल घाँस दाउरा गर्न आउँछन्। चाउचाउको खोल र पानीको बोतल फाल्छन्।' वातावरण सफाइमा स्थानीय नागरिक पनि जागरूक हुनुपर्ने उनको धारणा छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.