चीनसँग ५९ अर्बको व्यापार गर्दा ५८ अर्ब घाटा

|

काठमाडौं: नेपालको अन्तर्राष्ट्रिय व्यापारमा दुई छिमेकी भारत र चीनको हिस्सा ७८ प्रतिशत छ। जसमा भारतको हिस्सा ६२ प्रतिशत छ भने चीनको हिस्सा १६ प्रतिशत मात्रै।

समग्र व्यापारको स्थिती यस्तो देखिए पनि आयात व्यापारमा भने चीनको हिस्सा १७ प्रतिशत छ। अर्कातिर निर्यातमा चीनको हिस्सा एक प्रतिशत मात्रै देखिएको छ।

दक्षिणी छिमेकी भारतको आयातको हिस्सा ६१ प्रतिशत छ। त्यस्तै निर्यातमा भारतको हिस्सा ६५ प्रतिश छ। भन्सार विभागको यो तथ्यांकले चीनसँग नेपालको व्यापार आयातमा मात्रै केन्द्रित रहेको देखिएको छ। भारतसँग परिमाणमा बढी देखिए पनि निर्यात व्यापार पनि भारतको भरले मात्रै धानेको देखिएको छ।

चीन-भारतसँग कतिको व्यापार

तीन महिनाको अवधिमा चीनसँग नेपाललले ५९ अर्ब ७२ करोड रुपैयाँको सामान आयात गरेको छ। जसमा ५८ अर्ब ६१ करोड रुपैयाँ बराबरको घाटा  छ। यो अवधिमा चीनबाट ५९ अर्ब २६ करोड रुपैयाँको सामान आयात हुँदा ४५ करोड १८ लाख रुपैयाँ बराबरको आयात भएको छ।

भारतबाट दुई खर्ब २५ अर्ब रुपैयाँको सामान आयात हुँदा एक खर्ब ८९ अर्ब रुपैयाँको घाटा देखिएको छ। तीन महिनाको अवधिमा भारतबाट दुई खर्ब सात अर्ब रुपैयाँको सामान आयात हुँदा १७ अर्ब ८७ करोड रुपैयाँको सामान निर्यात भएको छ।

चीनको तुलनामा नेपालले भारतबाट करिब चार गुणा बढी सामान आयात गरेको छ। त्यस्तै चीनतर्फ भन्दा ४० गुणा बढी सामान नेपालले भारततर्फ पठाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.