|

कपिलवस्तु : मूर्ति बिसर्जनलाई लिएर उत्पन्न हिंसा रोक्न कृष्णनगरमा लगाइएको कर्फ्यु प्रशासनले शनिबार बिहानदेखि हटाएको छ। 

दीपावलीमा पूजा गरिएको गणेश÷लक्ष्मी पूजाको मूर्ति बिसर्जनका क्रममा झडप भएपछि स्थानीय प्रशासनले बिहीबार बिहान ११ बजेदेखि अनिश्चितकालीन कर्फ्यु जारी गरेको थियो। बुधबार राति १० बजेदेखि १ बजेसम्म दुई धार्मिक समुदायबीच् झडप भएको थियो।

लक्ष्मीपूजाको मूर्ति बिसर्जनका क्रममा सुरु भएको विवाद हिंसाको तहसम्म पुगेपछि जिल्ला सुरक्षा समितिको बैठकले कृष्णनगर बजार वरपरका क्षेत्रमा क्रफ्यु जारी गरेको थियो। यस क्षेत्रको अवस्था नियन्त्रणमा लिन प्रहरीले करिब ५० सेलभन्दा बढी अश्रुग्यास प्रहार गरेको थियो। हिंसामा दुई समुदायबीच ६ जना प्रर्दशनकारी र १२ जना प्रहरी घाइते भएका थिए। 

कर्फ्यु आदेशको अवज्ञा गरेको भन्दै प्रहरीले चलाएको गोली लागेर कृष्णनगरमै चियापसल सञ्चालन गर्दै आएका भारतीय नागरिक सुरजकुमार पाण्डेको मृत्यु भएको थियो। यसैबीच दुई पक्षको झडपका कारण भएको तनावले रोकिएका मूर्ति विर्सजन ११ बुँदे सहमति भएसँगै विर्सजन गरिएको छ। 

कृष्णनगरको कर्फ्यु जारी : ११ बुँदे सहमतिपछि मूर्ति विर्सजन

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.