|

पर्सा : मध्य तराईमा महान् पर्व छठको तेस्रो दिन पर्सा बाराका नदी तलाउ बेहुली झैं सिंगारिएका छन्। छठ पर्वको प्रमुख दिन आज शनिबार साँझ नजिकको नदी, तलाउ वा पोखरीमा पुगी व्रतालु तथा भक्तजनले अस्ताउँदो सूर्यलाई अर्घ्य दिने प्रचलन रहेकाले नदी तलाउ सिँगारिएका हुन्। 

छठको चौथो दिन बिहानको सूर्यलाई अर्घ्य दिएपछि भने छठ पर्व समापन हुनेछ। यसका लागि पनि नजिकको नदी, तलाउ र पोखरीमा पुगी ब्रतालु तथा भक्तजनले अर्घ्य दिने प्रचलन छ। पर्साको सदरमुकाम वीरगन्जमा रहेको घडीअर्वा पोखरी, मुर्ली, नगवा, पिपरा र आदर्शनगरमा रहेको स्वीमिङ्ग पुल परिसरको पोखरी, त्यसै गरी पोखरियाको रानीगन्ज पोखरी, सिर्सिया, तिलावे, नौरङ्गियालगायतका नदीहरु यतिबेला चिटिक्क बनाइएको छ। बाराको पनि कलैया, महागढीमाईलगायतका ठाउँका पनि पोखरी तथा जिल्लाका प्रायः सबै नदी तलाउ सिंगारिएका छन्।

छठ पर्वमा पूजा अर्चना गर्दा पारिवारिक सुख, शान्ति, विभिन्न रोगबाट मुक्ति र मनले चिताएको पूरा हुने मान्यता छ। त्यसैले पनि यो पर्व सूर्यको उपसना गरी विशेष रुपले मनाउने गरिएको हो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.