नेकपाको वडामा मात्र उम्मेदवारको टुंगो

|
अध्यक्षमा विमन पराजुली र वडाअध्यक्षमा विक्रम गुरुङ

संखुवासभा : आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेसले संखुवासभाका दुई स्थानमा उम्मेदवार टुंगो लगाएको छ। कांग्रेस जिल्ला कार्य समितिको बैठकले उम्मेदवार टुंगो लगाएको कांग्रेसका जिल्ला सभापति दीपनकुमार श्रेष्ठले बताए।

कांग्रेसले मकालु गाउँपालिका अध्यक्षमा विमन पराजुली र खाँदबारी नगरपालिका-३ मा विक्रम गुरुङलाई सर्वम्मत चयन गरेको जिल्ला सभापति श्रेष्ठले बताए। 

संखुवासभामा मकालु गाउँपालिका अध्यक्ष र खाँदबारी नगरपालिका-३ मा पद रिक्त छ। पटक–पटकको लामो छलफलपछि शनिबार जिल्ला समितिको बैठकले उम्मेदवार चयन गरेको हो।

कांग्रेसबाट रिक्त रहेको गाउँपालिका अध्यक्षका लागि १० जना र वडा अध्यक्ष पदका लागि ९ जना आंकाक्षी थिए। उनीहरूबाट गाउँपालिकामा पराजुली र वडामा गुरुङको नाम सर्वसम्त चयन भएको हो।

वडामा टुंग्यायो नेकपाले

नेकपाले रिक्त वडाअध्यक्ष पदका लागि मात्र उम्मेदवारको टुंगो लगाएको छ। नेकपाले खाँदबारी नगरपालिका-३ मा भरत घिमिरेलाई उम्मेदवार चयन गरेको नेकपाका जिल्ला सचिव कृष्ण जिमीले बताए। नेकपाको शुक्रबार बसेको जिल्ला कमिटी बैठकले रिक्त वडा अध्यक्ष पदमा घिमिरेलाई सर्वम्मत चयन गरेको सचिव जिमीले बताए।

शुक्रबार बसेको जिल्ला कमिटीको बैठकले मकालु गाउँपालिका अध्यक्षका लागि तेजबहादुर पोख्रेललाई सिफारिस गर्न निर्णय भएको उनले बताए।

जिल्ला सचिवालयको बैठकबाट तेजबहादुर पोख्रेलको नाम सर्वम्मत निर्णयबाट प्रदेश कमिटीलाई पठाएको उनले बताए। जिल्ला कमिटीले निर्णय गर्न अधिकार नभएका कारण नेकपाको गाउँपालिका अध्यक्ष पदको उम्मेदवारको पूर्णता पाउन अझै केही दिन कुर्ने पर्ने भएको छ। 

नेकपाले गाउँपालिका अध्यक्षका लागि सातजना आंकाक्षीको नाम जिल्लामा सिफारिस गरेको थियो। नेकपाले गाउँ कमिटीबाट भरत कटुवाल, तेजबहादुर पोख्रेल, ललिता पोख्रेल,ताराकुमार राई, ज्ञानेन्द्र गुरुङ, लालबहादुर तामाङ र प्रेमबहादुर राईको नाम गाउँ कमिटीले सिफारिस गरेको थियो।

मंसिर १४ गते हुने उपनिर्वाचनका लागि मकालु गाउँपालिकामा मकालुमा ९ हजार १ र खाँदबारी-३ मा १८ सय २२ मतदाता छन्। मकालु गाउँपालिका अध्यक्ष खड्ग कटुवाल गाडी दुर्घटनामा परेर २०७४ माघ २९ गते मृत्यु भएको थियो। यता खाँदबारी-३ का वडाध्यक्ष तोयानाथ ढुंगानाको २०७४ फागुन १३ गते हृदयाघातका कारण मृत्यु भएको थियो। दुवै स्थानीय तहमा नेकपा र कांग्रेसको कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.