|
फाइल फोटो

काठमाडौं : घरेलु टोली झापा-११ एफसी डोमलाल राजवंशी रंगशालामा संचालित गोल्डकप प्रतियोगितामा पहिलो पटक फाइनलअघि नै बाहिरिएको छ। 

जायोन स्पोर्टस क्लबको आयोजनामा सञ्चालित हाम्रो पुर्वाञ्चल गोल्डकपको दोश्रो प्रि-क्वाटरफाइनलमा भिडेको झापालाई विभागीय टोली नेपाल पुलिस क्लबले पराजित गर्यो।  

कडा प्रतिस्पर्धात्मक खेलमा पुलिस २-१ ले बिजयी बन्यो। यसअघि डोमलालमा नै संचालनमा आएको झापा गोल्डकपको ४ वटै संस्करणको फाइनलष्टि टोली हो झापा-११।  

पुलिसको जितमा सुमन लामा र सौजन याख्खाले गोल गरे।  खेलको १३ औँ मिनेटमा झापाका खेलाडीले डिबक्स नजिक गरेको फाउलमा सुमन लामाको फ्रिकिक प्रहारबाट पुलिसले अग्रता लिएको थियो। 

एक गोलको अग्रताले मनोवल उच्च बनाएको पुलिसका खेलाडीेले झापाली रक्षकको बिग्रेको तालमेलको फाइदा उठाउँदै काउन्टर अट्याकलाई रणनीति बनाएको थियो।

खेलको ३८औँ मिनेटमा पुलिसका सौजन याख्खाले अग्रता दोव्वर बनाउने मौका गुमाएका थिए। गोलरक्षक किशोर गिरी विट भइसकेको अवस्थामा सौजनको प्रहार बाहिरिएको थियो। 

घरेलु दर्शकको सर्मथन पाएको झापाले दोस्रो हाफमा सुधारिएको खेल प्रदर्शन गरे नतिजा पुलिसको पक्षमा रहयो। खेलको ५९ औ मिनेटमा सौजनले गोलरक्षक किशोर गिरी बिट भएको मौकालाई सदुपयोग गर्दै अग्रता दोव्वर बनाए। रक्षक निरज बस्नेतले रोक्ने प्रयास गरे पनि बलले जाली चुमिसकेको थियो।

२-० ले पछि परेको घरेलु टोलीले ७४ औ मिनेटमा गोल फर्कायो। पुलिसका गोलरक्षक शत्रुधन चौधरीसँग वान भर्सेज वानमा झापाली कप्तान योगेश गुरुङले गोल गर्दै खेलमा पुनरागमनको संकेत गरेका थिए। 

त्यसपछि थप गोल गर्न नसक्दा झापा पहिलो पटक डोमलाल राजवंशी रंगशालामा प्रि-क्वाटरबाटै बाहिरिएको हो। खेलमा ७ वटा पहेँलो कार्ड देखाइएको थियो। 

जसमध्ये पुलिसको भागमा ५ वटा कार्ड बुक भएको छ। खेलको म्यान अफ दी म्याच पुलिसका सौजन याख्खा घोषित भए। उनले नगद १० हजार पाए। 

सोमबार सिक्किमको आक्रमण एफसीले बेलबारी एफसी मोरङसँग भिड्नेछ। बेलबारी प्रदेश लिगको रनरअप टिम हो। सिक्किमले पहिलो प्रि-क्वाटरमा आयोजक टोलीलाई ५-२ गोल अन्तरले पराजित गरेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.