|

काठमाडौंः राजधानीकाे तीनकुनेमा रहेको जग्गाकाे सरकारले मुआव्जा वितरण प्रकिया अघि बढाएको छ। मुआव्जा वितरणको लागि मन्त्रिपरिषद्बारा निर्णय भइसकेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ। 

मन्त्रालयका अनुसार अहिले २५ रोपनी जग्गाको मुआव्जा वितरण गरिने छ। जग्गाको उचित मूल्यांकन गरी स्थानीयलाई मुआब्जा वितरण गरिने संघीय मामिला स्थानीय प्रशासन मन्त्रालयका प्रवक्ता भुपाल बरालले बताए। 

सैद्बान्तिक निर्णय भइसकेको छ त्यसको परिपत्र पाएपछि तीनकुनेका स्थानीयलाई मुआब्जा वितरण गरिने बरालले बताए। उनले भने,' अहिले नै यति दिने भनेर निर्णय भएको छैन। मुआब्जा जसरी भए पनि दिने निर्णय भइसकेको छ।' चाँडै मुआब्जा वितरणको निर्णय सार्वजनिक गरिने उनले थाहाखबरलाई बताए।

मूआब्जा वितरण नगर्दा विकास निर्माणको काममा समेत अवरोध भइरहेको उनको भनाइ छ। स्थानीय सरकार, जिल्ला प्रशासन कार्यालको संयोजनमा उक्त रकम वितरण गरिने उनले जानकारी दिए। स्थानीय सरकारले स्थानीयसँग छलफल गरेर जग्गाको मूल्य निर्धारण गरिने उनले बताए।

सरकारले वितरण गर्ने  जग्गाको उचित मूल्यांकन गरेर  मुआब्जा वितरण गर्नुपर्ने जग्गाधनी सुमेश पराजुलीले बताए। उनका अनुसार सरकारले २० ५९ सालदेखि मुआब्जा दिने भनको पनि अहिलेसम्म दिन सकेको छैन।

पछिल्लो समयमा सरकारले नीतिगत रुपमै निर्णय गरेर दिन मुआब्जा दिन लागेको उनको भनाइ छ। 'जग्गाधनीलाई मार पारेर दिने हुन वा के गरेर दिने हुन मूल्यांकन समितिको निर्णय पर्खिरहेको छौं' उनले भने।

जग्गाधनी विकासविरोधी होइनन् यो कुरा सरकारले बुझ्न जरुरी रहेको उनले बताए।

'सरकारले जग्गाको उचित मूल्यांकन गरेर अधिग्रहण गरोस्' उनले भने। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.