जन्मकैद मागसहित तीनवटा मुद्दा दर्ता

|

काठमाडौं : तेइसजनालाई जिउँदै इँटाभट्टामा हालेर हत्या गरेको अभियोगमा तीनवटा मुद्दा लागेका कांग्रेस नेता मोहम्मद आफताव आलमको पक्षमा वरिष्ठ अधिवक्ता शम्भु थापाले बहस गर्ने भएका छन्। 

आलमसहित १० जनालाई जन्मकैदसहित ३ वटा मुद्दा सरकारी वकिल कार्यालय रौतहटले सोमबार मुद्दा जिल्ला अदालत रौतहटमा दर्ता गरेपछि थापासहितका वकिलले वकालतनामा दर्ता गराएका हुन्।

आलमसहित १० जनाविरुद्ध जन्मकैदको सजाय माग गर्दै मुद्दा दर्ता गरिएको सरकारी वकिल कार्यालय रौतहटका जिल्ला न्याधिवक्ता खडिन्द्रराज कटुवालले जानकारी दिएका छन्। 

यो पनि : आलमसहित १० जनालाई जन्मकैदका ३ वटा मुद्दा दर्ता

आलमसहित १० जनामाथि रौतहट प्रहरीले कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थसम्बन्धी गरी तीनवटा मुद्दा दर्ता गरेको हो। आलमको मुद्दा ९५ नम्बरमा दर्ता गरिएको छ। 

समयअभावका कारण थुनछेक बहस भने सोमबार नभई मंगलबारबाट मात्रै हुने भएको छ। १२ वर्षअघि रौतहटमा इँटा भट्टाभित्र जिउँदै मान्छे जलाएको भन्ने अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले मुद्दा चलाउने निर्णय गरेको हो। सोमबारै आलमलाई जिल्ला अदालत लगिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.