सचिन तेन्दुल्करलाई मान्छन् भगवान्

|

अन्तर्राष्ट्रिय क्रिकेट जगतमा अहिले सबैभन्दा चर्चित नाम हो - विराट कोहली। क्रिकेटमा जुन गतिमा उनी रन बटुल्दैछन्, त्यही गतिमा उनका फ्यान पनि बढ्दैछन्। इन्स्टाग्राममा विराटलाई साढे ४३ मिलियन र ट्वीटरमा ३२ मिलियनले पछ्याइरहेका छन्।

टेस्ट, वान-डे र टी-२० तीनै स्वरूपमा विराट भारतीय क्रिकेट टिमका कप्तान हुन्। ५ नोभेम्बर अर्थात् आज कोहलीको जन्मदिन। आज उनी आफ्नो ३१ औँ जन्मदिन मनाउँदैछन्।

सचिनको डेब्युमा विराटको उमेर

विराट कोहलीको जन्म हुँदा भारतका महान क्रिकेटर सचिन तेन्दुल्कर १५ वर्षका थिए। सचिनले अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गर्दा विराट एक वर्षका नानी थिए। विराट हुर्कंदै जाँदा सचिनको ब्याटिङ मन पराउन थाले। सचिनजस्तै बन्न चाहन्थे उनी।

संसारमा असम्भव केही हुँदो रहेनछ, १९ वर्षको छँदा विराटले सचिनसँगै मैदान उत्रिने मौका पाए। त्यसबेला सचिन ३४ वर्षका थिए।

सचिन र विराटले ५ वर्षसम्म सँगै क्रिकेट खेले। सचिनले सन् २०१३ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिए। अहिले विराटको खेल हेर्दा लाग्छ, सचिनले आफ्नो सारा शक्ति विराटलाई सुम्पिएर सन्यास लिएका हुन्।

सानैदेखि रिसाहा

नोभेम्बर ५ सन् १९८८ मा जन्मिएका कोहली सानैदेखि रिसाउने स्वभावका थिए। अहिले पनि मैदानमा उनी जरुरीभन्दा बढी आक्रमक देखिन्छन्। शतकपछि आउट हुँदा होस् या डकआउट, आउट हुँदा रिसाउने उनको स्वभाव अझै उस्तै छ। 

‘१४ वर्षको हुँदा मैले स्पोन्सर पाएँ, स्पोन्सरले वर्षमा दुईवटा ब्याट मात्र उपलब्ध गराउँथ्यो,’ भारतीय पत्रकार रजत शर्मासँग विराटले भनेका छन्, ‘त्यसपछि मैले ब्याट भाँच्न छाडेँ।’

विराटले ९ वर्षको उमेरबाट क्रिकेट सिक्न थालेका हुन्। उनका पिता प्रेम कोहली पेसाले वकिल थिए। परिवारका कान्छा छोरा हुन् विराट। उनका दाजु विकास र दिदी भावना छन्।

दिल्लीका गल्लीमा क्रिकेट खेलेको देखेर छिमेकीले विराटलाई क्रिकेट एकाडेमीमा भर्ना गर्न उनका पितालाई सल्लाह दिएका थिए। ९ वर्षको हुँदा दिल्ली क्रिकेट एकाडेमीमा भर्ना भएका विराटलाई राजकुमार शर्माले प्रशिक्षण दिए। उनी पढाइमा पनि तेज थिए। विराट सानो छँदा पिता नै उनको सबैभन्दा ठूलो सहारा थिए।

सानो छँदा विराट रिस उठ्दा ब्याट भाँच्ने गर्थे। ‘१४ वर्षको हुँदा मैले स्पोन्सर पाएँ, स्पोन्सरले वर्षमा दुईवटा ब्याट मात्र उपलब्ध गराउँथ्यो,’ भारतीय पत्रकार रजत शर्मासँग विराटले भनेका छन्, ‘त्यसपछि मैले ब्याट भाँच्न छाडेँ।’

पिताको निधनका दिन पनि क्रिकेट!

विराट १७ वर्षको छँदा डिसेम्बर १९ मा उनका पिताको निधन भयो। त्यसबेला विराट दिल्ली टिमबाट रणजी ट्रफी खेल्दै थिए। ४० रन बनाएर घर आइ सुतेका विराट भोलिपल्ट बिहान इनिङ सुरु गर्न मैदान जानु थियो। 

तर, त्यही राति २ बजे उनका पिताले ५४ वर्षको उमेरमा संसार छाडे। उज्यालो हुनेबित्तिकै परिवारका सदस्यसँग सल्लाह गरेर विराट क्रिकेट खेल्न गए। तीव्र गतिका बलर इसान्त शर्मालाई पछाडि राखेर आफैँ गाडी चलाएर उनी स्टेडियम पुगे।

कुल ९० रन बनाएर विराट आउट भए। उनकै प्रदर्शनका कारण दिल्ली हारबाट जोगियो। खेल सकिएपछि घर फर्किएर विराट पिताजीको अन्त्येष्टिमा सहभागी भए।

सचिन तेन्दुल्करले अन्तर्राष्ट्रिय क्रिकेटमा सयवटा सतक पूरा गर्दा भारतीय उद्योगी मुकेश अम्बानीले एउटा सम्मान कार्यक्रम गरेका थिए। समारोहमा बलिउड स्टार सलमान खानले सचिनलाई प्रश्न सोधे, ‘अबको पुस्तामा को खेलाडी छ, जसले तपाईँका रेकर्ड तोड्न सक्छ ?’ त्यसदिन सचिनले विराट कोहलीको नाम लिएका थिए। 

यो क्षण उनी कहिल्यै बिर्सिदैनन्। ‘क्रिकेट मेरो लागि सबैथोक हो भन्ने बच्चैदेखि सोचेको थिएँ, परिवारले पनि खेल्न अनुमति दिएपछि पिताजीको मृत्यु भएका दिन पनि खेलेँ,’ अन्तरवार्तामा विराटले भनेका छन्, ‘अहिले कुनै समस्यामा फस्दा म त्यही दिन सम्झिएर हिम्मत जुटाउँछु।’

विराटका भगवान सचिन

सचिन तेन्दुल्करले अन्तर्राष्ट्रिय क्रिकेटमा सयवटा सतक पूरा गर्दा भारतीय उद्योगी मुकेश अम्बानीले एउटा सम्मान कार्यक्रम गरेका थिए। समारोहमा बलिउड स्टार सलमान खानले सचिनलाई प्रश्न सोधे, ‘अबको पुस्तामा को खेलाडी छ, जसले तपाईँका रेकर्ड तोड्न सक्छ ?’ त्यसदिन सचिनले विराट कोहलीको नाम लिएका थिए। 

साँच्चै अहिले विराटले एकपछि अर्को गर्दै अन्तर्राष्ट्रिय रेकर्डहरू आफ्नो नाममा राख्दैछन्। सचिनको सय सतकको रेकर्ड विराटले तोड्ने धेरैले अनुमान गरेका छन्। तर, विराट भन्छन्, ‘सय सतक बनाउनु ठूलो कुरा हो, म अहिले त्यतातिर सोच्दिनँ, म सचिनको खेल हेरेर क्रिकेटमा आएको हुँ, म उनको पूजा गर्छु।’

शरीरभरि टाटु

स्टाइलिस खेलाडीका रूपमा चिनिन्छन् विराट। विश्वभर उनको स्टाइल पछ्याउने फ्यानहरू छन्। १६ वर्षको छँदा विराटले शरीरमा पहिलोपटक टाटु खोपे। त्यो देखेपछि प्रशिक्षकले उनलाई झपारे पनि। टाटु बनाएपछि झनै खेल सप्रिएको उनको विश्वास छ। उहिले उनको शरीरमा थुप्रै टाटुहरू छन्। 

मालिंगालाई पिट्दाको आनन्द

विश्वका जुनसुकै बलरको पसिना छुटाउँछन् विराट। श्रीलंकाका बलर लासिथ मालिंगा फरक एक्सन र तीव्र गतिका कारण विश्वभर चिनिन्छन्। रजत शर्मासँगको अन्तरवार्तामा विराटले भनेका छन्, ‘मालिंगाको बललाई बाउण्ड्री कटाउँदा मलाई साह्रै मजा आउँछ।’ क्रिकेटका तीनवटा स्वरुपमध्ये विराट टेस्ट क्रिकेट खेल्न बढी मन पराउँछन्। ‘टेस्टमा प्रदर्शन गर्दाको आत्मसन्तुष्टि वान-डे र टी-२० मा पाइँदैन,’ उनी भन्छन्।

यसरी पुगे राष्ट्रिय टिममा

सन् २००२ अक्टोबरमा विराटले दिल्लीको अण्डर-१५ बाट खेल्ने मौका पाए। २००४ मा अण्डर-१७ मा दिल्लीबाट खेलेका उनी जुलाइ २००६ मा भारतको अण्डर-१९ टिममा छनौट भए। उनको पहिलो टुर इङ्ल्याण्ड थियो। सन् २००८ मा उनी भारतको अण्डर-१९ टिमको कप्तान भए। 

‘मालिंगाको बललाई बाउण्ड्री कटाउँदा मलाई साह्रै मजा आउँछ।’ क्रिकेटका तीनवटा स्वरुपमध्ये विराट टेस्ट क्रिकेट खेल्न बढी मन पराउँछन्। ‘टेस्टमा प्रदर्शन गर्दाको आत्मसन्तुष्टि वान-डे र टी-२० मा पाइँदैन,’

मलेसियामा भएको अण्डर-१९ विश्वकपमा विराटकै शानदार प्रदर्शनका कारण भारत विजयी भयो। त्यही वर्ष उनी भारतीय सिनियर टिममा छनोट भए। श्रीलंकाविरुद्ध डेब्यु गरेका विराटले त्यसपछि कहिल्यै पछाडि फर्किएर हेर्नु परेन। 

यस्तो छ रनको रेकर्ड

विराटले सन् २०१० बाट टी-२० र २०११ बाट टेस्ट क्रिकेट खेल्न सुरु गरे। वान-डे क्रिकेटमा हालसम्म २ सय ३९ खेलमा सहभागी भएर उनले ११ हजार ५ सय २० रन बनाएका छन्। जसमा उनले ४३ सतक र ५४ अर्धसतक बनाए। 

७२ वटा टी-२० खेलेका विराटले २ हजार ४ सय ५० रन जोडिसकेका छन्। टी-२० मा उनले २२ वटा अर्धसतक बनाइसके। विराटले ८२ टेस्ट म्याचमा २६ सतक र २२ अर्धसतकसहित कुल ७ हजार ६६ रन बनाएका छन्।

कारका शौखिन

सन् २०१७ को अन्त्यमा वलिउड अभिनेत्री अनुष्का शर्मासँग विवाह विवाह गरेका विराटले मुम्बईमा शानदार घर किनेका छन्। उनीसँग करोडौँ मूल्य पर्ने एक दर्जनभन्दा बढी कार छन्। २०१७ मा पद्मश्री अवार्ड र २०१८ राजीव गान्धी खेल रत्नले सम्मानित विराट कोहलीलाई ३१औँ जन्मदिनको हार्दिक शुभकामना!

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.