|

इलाम : दोश्रो रोजाइका खेलाडीसहित मैदान उत्रिएको विभागीय टोली त्रिभुवन आर्मी क्लब हाम्रो पूर्वाञ्चल गोल्डकपको अन्तिम ४ मा प्रवेश गरेको छ।  डोमालाल राजवंशी रंगशालामा बुधबार भएको तेस्रो क्वाटरफाइनलमा मोलवेको चुनौती २-० गोल अन्तरले पन्छाउँदै आर्मी अन्तिम ४ मा प्रवेश गर्ने तेश्रो टोली बनेको हो।

नियमित कप्तान भरत खवास, गोलरक्षक विकेश कुथु, नवयुग श्रेष्ठ, विकास खवास, सुमन अर्याल, सन्तोष तामाङ, सेसेहाङ आङदाम्बे लगायतका खेलाडीविना नै मैदान उत्रिएको आर्मीले दुवै हाफमा १/१ गोल गरेको थियो।  खेलको छैटौ मिनेटमा टेकबहादुर बुढाथोकीले आर्मीलाई सुरुवाती अग्रता दिलाएका थिए।

दाया कर्नरबाट टंक बस्नेतको क्रसमा आएको एयर बललाई चिप गर्दै टेकबहादुरले पहिलो गोल गरेका थिए। खेलमा अधिकांश समय बलमा आर्मीको पकड थियो। झापाली दर्शकको समर्थन बटुले पनि फ्रन्ट लाइनमा फिनिसिङ राम्रो नहुँदा आसामबाट स्कोर भने हुन सकेन।

७४औँ मिनेटसम्म आर्मीलाई १-० को स्थितिमा रोकेको आसामले पुन दोश्रो गोल खान पुग्यो।  असामका गोलरक्षक अल्वर्ट ह्मारको कमजोरीको फाइदा उठाउँदै दीपक गुरुङले फ्रिकिकमा गोल गरे। दीपकको सोझै प्रहार गोलरक्षक अल्वर्टको हातबाट फुत्किएर जाली चुमेको थियो।

खेलको म्यान अफ दी म्याच टेकबहादुर घोषित भए।  जीतसँगै आर्मीले फाइनल प्रवेशका लागि कार्तिक २२ गते अर्को पाहुना टोली आक्रमक एफसी सिक्किमको सामना गर्नेछ। डोमलाल मैदानमा आर्मी भाग्यमानी सावित हुँदै आएको छ।

उसले यसअघि सोही मैदानमा आयोजना हुँदै आएको झापा गोल्डकपको चारमध्ये ३ संस्करणको उपाधी आफ्नो पक्षमा पारेको थियो। बिहीबार चर्च ब्वाइज एफसी काठमाडौंविरुद्ध गोर्खा ब्वाइज एफसी बुटबलबीच हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.