|

हेटौंडा : भारतको नयाँ राजनीतिक नक्सामा नेपालको कालापानी र लिपुलेकलाई भारतमा देखाएको भन्दै हेटौँडामा पनि 'गो ब्याक इण्डिया'को नारा लगाइएको छ।

सत्तारुढ दल नेकपाको विद्यार्थी संगठन अनेरास्ववियूमा आबद्ध विद्यार्थीले नेपाली भू–भाग अतिक्रमण गरेको भन्दै बिहीबार बिहान विरोध प्रर्दशन गरेका हुन्।

हेटौंडाका विभिन्न क्याम्पसहरुबाट क्याम्पस पोशाकमै विद्यार्थीहरुले भारतीय दादागिरीविरुद्ध उत्रेका हुन्। उनीहरुले नरेन्द्र मोदीलाई व्यङ्ग गर्दै शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेका छन्। खराब छिमेकीको बानी नदेखाउन आग्रह गर्दै नेपाली जनतामा लिपुलेक र कालापानीमा गएर नेपालको झण्डा गाड्न सक्ने क्षमता रहेको बताएका छन्। 

मकवानपुरका विद्यार्थीहरुले भारतको विस्तारवादी नीतिको विरोध गर्दै उनीहरुले नेपालको भू–भाग भारतीय नक्साबाट हटाउन माग गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.