|

काठमाडौंः टुँडिखेल बचाउ अभियानअन्तर्गत नागरिक अभियान ‘अकुपाइ टुँडिखेल’ सुरु हुने भएको छ। शनिबार टुँडिखेललाई मानव साङ्लोले घेरिने भएको छ।

विश्व स्वतन्त्रता दिवसको अवसरमा टुँडिखेल वरिपरि मानव साङ्लो बनाएर ‘अकुपाइ टुँडिखेल’ अभियान सुरु गर्न लागिएको संयोजक विजय श्रेष्ठले बताए। काठमाडौंको सबैभन्दा महत्वपूर्णस्थल विभिन्न ठाउँबाट अतिक्रमणमा परेकाले यो अभियान सुरु गर्न लागिएको उनको भनाइ छ।

‘हाम्रा पुर्खाले अनन्तकालदेखि संरक्षण गर्दै आएको टुँडिखेल अतिक्रमण हुँदै गयो। यसमा हामीले अहिले नै आवाज नउठाए भविष्यका सन्ततिले यो महत्वपूर्ण क्षेत्र गुमाउनुपर्ने अवस्था आएको छ,’ संयोजक श्रेष्ठले भने। काठमाडौं उपत्यकामा खाली स्थान नभएकोले पनि यस संरक्षण गरिनुपर्ने उनको भनाइ छ ।

अस्थायी भन्दै टुँडिखेलमा स्थायी बसपार्क बन्नु, अनाधिकृत पसल सञ्चालन गर्नु, अनाधिकृत पार्किङ गर्नु, विभिन्न बहानामा ढलान गर्नु लगायतका समस्याले टुँडिखेल नै ओझेलमा परेको उनले जानकारी दिए।

संविधानको व्यवस्थाअनुसार, सार्वजनिक सम्पत्तिको सुरक्षा र संरक्षणका लागि ‘टुँडिखेल बचाउ’ अभियान संचालन गर्न लागिएको संयोजक श्रेष्ठले बताए। यो अभियान निरन्तरूपमा चल्ने उनले जानकारी दिए। शनिबारदेखि तीन महिनासम्म हरेक शनिबार टुँडिखेल बचाउनको लागि विभिन्न कार्यक्रम गरिने उनले प्रष्ट पारे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.