|

काठमाडौं : जनता बैंक नेपाल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत केन्द्रीय बहिरा क्याम्पस, नक्साललाई १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। बिहीबार एक समारोहबीच बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्रीले क्याम्पस व्यवस्थापन समिति अध्यक्ष प्राडा. प्रभा हमाललाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन्।

बहिरा विद्यार्थीलाई सांकेतिक भाषामा उच्च शिक्षा प्रदान गर्न सामुदायिक कलेजको रूपमा ६ वर्ष अघि स्थापना भएको केन्द्रीय बहिरा क्याम्पसलाई बैंकले विगत चार वर्षदेखि आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ।

क्याम्पसमा हाल छात्र/छात्रा गरी १०४ जना बहिरा बिद्यार्थी स्नातक तहमा अध्ययनरत छन्। व्यवस्थापन समिति अध्यक्ष प्राडा. हमालको अनुसार हाल नक्सालस्थित बालमन्दिरमा शिक्षा शास्त्र संकायको बिएड कक्षा संचालन गरिरहेको क्याम्पसले आफ्नै भवन निर्माण गरि व्यवस्थापनको पढाइसमेत संचालन गर्ने योजना बनाएको छ। 

सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यलाई महत्वपूर्ण जिम्मेवारीको रूपमा लिएको यस बैंकले देशका विभिन्न क्षेत्रमा स्वास्थ्य तथा शिक्षालाई प्राथमिकतामा राखी सामाजिक कार्यहरू गर्दै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.