|

भारतले तीन टी–२० सिरिजको दोस्रो खेलमा बिहीबार बंगलादेशलाई आठ विकेटले पराजित गरेको छ। राजकोमा भएको खेलमा जितसँगै भारतले सिरिज १–१ को बराबरीमा ल्याएको छ। 

पहिलो खेलमा बंगलादेशले भारतलाई सात विकेटले पराजित गरेको थियो। यी दुईबीचको अब निर्णायक खेल १० नोभेम्बरमा नागपुरमा हुने छ। दोस्रो खेलमा भारतले टस जितेर बंगलादेशलाई पहिले ब्याटिङको जिम्मेवारी दिएको थियो।

बंगलादेशले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५३ रन बनाएको थियो। उक्त लक्ष्य भारतले १५ ओभर ४ बलमै दुई विकेट गुमाएर भेटाएको थियो। भारतको जितमा कप्तान रोहित शर्माले ८५ रनको शानदार इनिङ खेले। उनी प्रतियोगितामा म्यान अफ द म्याच घोषित भए।

रोहित १०० टी–२० खेल्ने दोस्रो खेलाडी

रोहित भारतीय टी–२० क्रिकेटमा १०० खेल खेल्ने पहिलो पुरुष खेलाडी बनेका छन्। भारतमा महिला टी–२० मा कप्तान हरमनप्रित कौरले १०० खेल खेलेकी छिन्।

विराट कोहलीले ७२ टी–२० खेल खेल्दा महेन्द्र सिंह धोनीले ९८, सुरेश रैनाले ७८ टी–२० खेल खेलेका छन्। पुरुषतर्फ विश्वमा सर्वाधिक धेरै टी–२० खेल्ने खेलाडीको कीर्तिमान पाकिस्तानका शोएब मलिकको नाममा रहेको छ। उनले १११ टी–२० खेलेका छन्। विश्वमा उनी पछि शतक टी–२० खेल्ने रोहित दोस्रो खेलाडी बने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.