|

काठमाडौं :  रौतहटको राजपुरमा विस्फोटपछि घाइते २३ जनालाई जिउँदै इँटा भट्टामा हालेर हत्या गरेको घटनाका प्रमुख अभियुक्त मोहम्मत आफताव आलमको पक्षमा पूर्महान्यायाधिवक्ता रमण श्रेष्ठ बहस गर्दैछन्। 

सरकारको कानुनी सल्लाहकारको भूमिकामा रहिसकेका उनीसहित कयौँ वरिष्ठ अधिवक्ताहरु कांग्रेस नेता तथा पूर्वमन्त्री आलमको पक्षमा बहसका लागि तयार भएका हुन्। 

तर अर्का पूर्वमहान्यायाधीवक्ता डा. युवराज संग्रौला सरकारको कानुनी सल्लाहकारको भूमिका निर्वाह गरिसकेको व्यक्तिले अभियुक्तको पक्षमा बहस गर्नु गलत हुने बताउँछन्। 

जुनसुकै वकिलले कानुन रक्षाका क्रममा अभियुक्त या पीडितको पक्षमा बहस गर्न सक्ने भए पनि पूर्वमहान्यायाधीवक्ता भइसकेको वकिलले त्यसो गर्नु नैतिकरुपमा उचित नहुने उनको मत छ। 

'वकिलहरुको पहिलो दायित्व न्यायको रक्षाद्वारा समाजको सुरक्षा गर्नु हो। यसको इतिहास लामो छ। यो राज्यको अपरिहार्य निकाय हो', उनले भनेका छन्, 'यसका नैतिक आचारण छन्। के गर्न हुन्छ के गर्न हुन्छ, सबै नियम र सिद्धान्त छन्।'

कुनै पनि वकिलले वकिलले बहस गर्दा उसले न्यायलाई आफनो निधारमा राखेर बोल्ने संग्रौलाको तर्क छ। 'अभियुक्तले पनि वकिल पाउँछ, किनकी न्याय त्रुटिपूर्ण हुनुपर्छ', उनी भन्छन्, 'त्यसैले अभियुक्तका वकिललाई गाली गर्नु हुँदैन।'

आफूले महान्यायाधीवक्ताको भूमिका पूरा गरेर बाहिरिएपछि अभियुक्तका तर्फबाट मुद्दा नलड्ने वाचा गरेको स्मरण गरे। 'मैले महान्यायाधिवक्ताबाट बाहिर आउँदा नै प्रतिबद्धता जाहेर गरेँ, म अब उप्रान्त फौजदारी मुद्दामा अभियुक्त तर्फबाट मुद्दा बहस गर्दिनँ', उनी भन्छन्, 'किनकी राज्यको तर्फबाट राज्यको पहिलो वकिल भएपछि राज्यको त्यो सम्मान कायमै राख्नु राम्रो हुन्छ भन्‍ने मलाई लाग्यो। त्यसैले म पीडितहरुको तर्फबाट मात्र बहस गर्छु। मेरो सेवा निसुल्क हुन्छ।'

उनी पूर्वमहान्याधीवक्ताहरुले आफूले सरकारका लागि खेलेको भूमिका र पदीय मर्यादा बचाउनुपर्ने मत राखेका छन्। 'मेरो अनुरोध मात्र हो, इच्छा मित्रहरुकै हो, यस्ता मुद्दामा अभियुक्तको तर्फबाट पूर्वमहान्यायाधिवक्ताहरुले बहस नगर्नु राम्रो हुन्छ', उनी भन्छन्, किनकि उसलाई सरकारका कागजातहरु, यस मुद्दामा भएका राज्यका जानकारी थाहा हुन्छन्। आफैँ मुद्दा पनि चलाउने, अनि पीडित र राज्यविरुद्ध मुद्दा लड्ने कुरा राम्रो हुँदैन।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.