बारा : मध्यपहाडी राजमार्गअन्तरगत सिन्धुलीको फिक्कल गाउँपालिका–२ सुमनामबेसीमा चितुवा मृत भेटिएको छ।
राजमार्ग छेउमा मृत अवस्थामा शुक्रबार बिहान पोथी चितुवा भेटिएको हो। चितुवाको शरीरमा चोट देखिएको छैन्।
चितुवा महाभारत पर्वतबाट झरेको प्रत्यक्षदर्शीले बताएका छन्। राजमार्गमा चितुवा मृत देखेपछि सवारी रोकेर हेर्न यात्रुको भीड लागेको थियो।
चितुवा मरेको बारेमा स्थानीयले वन कार्यालयलाई खबर गरेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।