नयाँ विकल्प खोज्‍दै निगम

|

काठमाडौं : दुई वर्षदेखि चीनमा जहाज उडाउने लक्ष्य लिएको नेपाल एयरलाइन्स अन्तत: अन्योलमा परेको छ। आफ्ना उडान चीन भर्न सक्दा फाइदा हुने योजना कोरेको निगमले चीन उडानको लागि अनुमति पाउन सकेको छैन। आन्तरिक उडानका लागि भन्दै दुई उपहारमा र चार सहुलियत कर्जामा ल्याएका जहाज चलाउन सकेको छैन। 

अडिट टिम नआएपछि नेपाल एयरलाइन्सले चीनको ग्वाङजाउ उडाउने योजना निरन्तर पछि सारेको छ। यसअघि चीनले बेइजिङ उडानका लागि नेपाल एयरलाइन्सको आवेदन अस्वीकृत गरिदिएको थियो भने हिमालयन एयरलाइन्सले उडान भरिकसेको छ।

निजी एयरलाइन्सले जहाज उडाउने तर नेपाल एयरलाइन्सलाई चीनका विमान स्थालमा जहाज उडाउने कार्य चुनौतीपूर्ण भएको छ। 'यसअघि निगमले चीन उडान गरेकै हो उत्कृष्ट उडानको पहिचान बनाएकै हो' निगमकै एक उच्च कर्मचारी भन्छन्, 'इयुले राखेको कालोसूचीको नाममा नेपाल एयरलाइन्सको लागि अडिट खोजियो तर निजी क्षेत्रले उडान भरेको छ।'

निगमका कार्यकारी अध्यक्ष मदन खरेल नेपालका चिनियाँ जहाज उडानको हिसाबले नेपाल एयरलाइन्सनलाई तत्काल उडान भर्न दिनुपर्ने भए पनि ढिलाइ गरिरहेको गुनासो गर्छन्। चीनमा जहाज उड्छ वा उड्दैन भन्ने विषयमा अब नेपालको हातमा छैन' निगममा अधिकारी भन्छन्। 

नेपाल र चीन हवाई रुट चीनका पाँचवटा विमान कम्‍पनीले उडान भर्छन् भने नेपालको तर्फबाट एउटा कम्पनीले मात्रै उडान भरेको छ। नेपालको तर्फबाट हिमालयन एयरलाइन्सले मात्रै उडान भरेको छ।

चीनबाट सिचुवान एयरलाइन्स,  तिब्बत एयरलाइन्स,  एयर चाइना, चाइना इस्टर्न, चाइना साउदर्नले नेपाल उडान भरेका छन्। नेपाल चीन रुटको उडान फाइदाजनक रहे पनि राष्ट्रिय ध्वजाबाहकले अनुमति पाउन समस्या परेको छ। पटकपटक कूटनीतिक पहल गरे पनि चीनले चासो देखाएको छैन। 'हैन दिँदैनौँ भनेको छैन, तर यति लामो समयमस्म पनि चीनले चासो नदेखाउनुले समस्या देखिन्छ' ती अधिकारीकारी भन्छन्। चीन उडान गर्न सक्दा घाटामा रहेको नेपाल एयरलाइनस्लाई फाइदामा पुर्‍याउन सहयोग पुग्ने अध्यक्ष खरेलको भनाइ छ। 

चिनियाँ जहाज पाल्नु न ओकल्नु 

नेपाल एयरलाइन्सको निरन्तर घाटा बढ्नुको प्रमुख कारणमा चिनियाँ जहाज पनि रहेको छ। आन्तरकि उडान मजबुत बनाउने नाममा लिएका जहाजको पार्किङ खर्च धान्नसमेत उसको उडानबाट निगमले सकेको छैन। 

उपहार र सहुलियतको रूपमा दिएका जहाज उडाउन पनि नेपाल एयरलाइन्स असफल बनेको छ। केहीले पार्टपुर्जा अभावको बहाना त केहीले पाइलट नभएको बहानामा चिनियाँ जहाज उडाउन सकेको छैन। चीनबाट ल्याइएका जहाजलेको कामाइभन्दा खर्च बढी भएको बन्दै नेपाल एयरलाइन्सले विकल्प खोजेको छ।

६ वर्षअघि गरिएको सम्झौताअनुसार आन्तरिक उडान प्रयोग चीनबाट ल्याइएका ६ वटा जहाजले नेपाल वायुसेवा निगमलाई एक वर्षमा ६० करोड ६१ लाख रुपैयाँ नोक्सान गराएको महालेखा परीक्षाको कार्यालयको प्रतिवेदनले देखाएको छ। 

आर्थिक वर्ष २०७५/७६ सालमा  चिनियाँ जहाजले यो रकम बराबरको घटा बोहोरेको महालेखाको प्रतिवेदेनले जनाएको छ। चारवटा वाई टुबेल जहाजले २८ करोड ९७ लाख रुपैयाँ घाटा पुर्‍याएको प्रतिवेदनमा उल्लेख छ।

चाइनिज जहाजको पार्टपुर्जा अन्य देशबाट ल्याउन सक्नेस्थिति नरहेको र चीनले निकै ढिला गरेर मात्रै पार्टपुर्जा उपलब्ध गराउने गरेको निगमको गुनासो  रहेको छ। त्यस्तै चिनियाँ जहाज चलाउनको लागि एउटा पाइलट मात्र रहेको निगमले जनाएको छ। यसअघि संसदको अन्तर्राष्ट्रिय समितिले चिनियाँ जहाज बेच्नको लागि निर्देशन दिएको थियो। 

विकल्पमा निगम

चिनियाँ जहाजबाट निरन्तर घाटा खाएको निमगले विकल्प खोजेको छ। तर, विकल्प उसले चालेर नहुने देखिएको छ। ' उपहहार आएका सामान हामीले बेचि हाल्न पनि गाह्रो हुने, यस विषयमा सरकारसँग परारमर्श गरिरहेका छौँ' अध्ययक्ष खरेलले भने, 'सके पूर्णरूपमा जहाज चलाउँछौँ नसेके केही विकल्प खोज्नेछौँ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.