|

जनकपुरधाम : प्रदेश २ को अस्थायी राजधानी हो, जनकपुरधाम। हरेक राजनीतिक आन्दोलन र आन्दोलनको आडमा भएका परिवर्तनमा जनकपुरको आफ्नै महत्वपूर्ण भूमिका रहेको छ।

 देश संघीय प्रदेशमा गइसकेपछि प्रदेश २ को राजधानी जनकपुरधाम बनेको हो। जनकपुर मिथिला सभ्यताले सुसज्जित सुन्दर शहर पनि हो। जानकी मन्दिरमा सुनिने राम-जानकीको आराधना यसको महत्व दर्शाउछ।

प्रदेश सरकार बनिसकेपछि यहाँ कस्ताकस्ता परिवर्तन आए त? कि जनताले सोचेअनुरूप नै काम भएका छन? जनस्तरमा प्रदेश सरकारले कस्तो छाप छोडेको छ?

विगत १७ वर्षदेखि गाडी चलाएका राजकिशोरले प्रदेश सरकारले जुन अनुपातमा काम गर्नु पर्ने हो, त्यो अनुपातमा काम गर्न नसकेको गुनासो पोखे। उनले यो शहरलाई व्यवस्थित र सुन्दर बनाउन सरकार असमर्थ भएको सुनाए।

यस्तै, खुद्रा व्यापार गरिरहेका राम मिश्र (उनले फोटो र नाम नलिने सर्त राखे)ले प्रदेश र केन्द्र सरकारले जनकपुरधामलाई सफा सुन्दर बनाउन आवश्यक कदम नै नचलाएको बताए। ‘फोहोरले शहर दुर्गन्धित छ। ठाउँ नै भेटाउन मुस्किल छ, जहाँ फोहोर नहोस्। झिँगा भन्किएको नहोस्,‘ उनले भने, ‘अस्तव्यस्त फुटपाथ र सवारीले जनकपुरको सभ्यतामा ह्रास आइरहेको छ।'

सरकारले २०२० को भ्रमण वर्ष सफल पार्न जनकपुरको जानकी मन्दिरलाई पनि महत्वपूर्ण स्थल ठानेको छ। यहाँ साँझमा गंगा आरति पनि हुने गरेको छ। प्रदेश सरकारले जानकी मन्दिर सौन्दर्यका लागि भन्दै करिब ८ करोड रुपैयाँ अघिल्लो वर्षबाट लगानी गरेको छ। जुन रकमले तीनवटा प्रवेशद्वारको मर्मत सम्भार हुने भनिएको छ। यस्तै, जानकी मन्दिर परिसरभित्र मार्बल बिछ्याउने काम भइरहेको छ। 

भ्रमण वर्षको पूर्वसन्ध्यामा मात्र यस्तो कार्य गर्नु जनकपुरधामका लागि राम्रो काम भएको जनकपुरधामबासीको बुझाइ छ।

विराटनगरबाट घुम्न आएका निर्मल राजवंशीले जनकपुरधाम कला र सभ्यताले सुन्दर रहे पनि यसको बचाउमा लाग्न धेरै काम बाँकी रहेको बताए। ‘शहर कला र संस्कृतिले सुन्दर छ। तर, यहाँसम्म आउने बाटो निर्माणमा ढिलो गरिरहेको छ।'

११ वर्षको उमेरदेखि जनकपुरमा जानकी मन्दिर बसिरहेकी ७० वर्षीया गोमा अधिकारीले पहिलेभन्दा अहिले धेरै व्यवस्थित भएको अनुभव सुनाइन्। पहिले-पहिले मान्छे हिँड्ने बाटो थिएन्। अहिले बाटो फराकिलो भएकोले पर्यटकलाई थप राहत भएको बताइन्।

यद्यपि जनकपुरमा धेरै व्यवस्थापन गर्नुपर्ने बताइन्, उनले। ‘जनकपुर व्यवस्थित बनाउन सरसफाइमा ध्यान दिनुपर्छ। सार्वजनिक शौचालयको अभाव छ। सार्वजनिक शौचालय भए पनि रकम असुली गर्छ। कुन दिन सास फेरेको पैसा दिनुपर्छ,' उनले भनिन्।

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.