|
फाइल तस्विर

काठमाडौं : पाहुना टिम मेरिलेबोन क्रिकेट क्लव (एमसीसी) विरुद्धको तीन दिवसीय क्रिकेटमा नेपाल पराजित भएको छ।

कीर्तिपुरस्थित क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा नेपाल एमसीसीसँग २ सय ८ रनको फराकिलो अन्तरले पराजित भएको हो। एमसीसीले दिएको ३ सय ९३ रनको फराकिलो लक्ष्य पछयाएको नेपाल ४० ओभर ३ बलमा अल आउट हुँदै १ सय ८४ रनमा समेटिन पुग्यो।

खेलमा नेपालका लागि सोमपाल कामीले ५१ रनको अर्ध सतकीय इनिङ्स खेलेपनि टिमलाई जित दिलाउन सकेनन्। त्यसैगरी राजु रिजालले ३१ रन, सन्दीप लामिछानेले २५ रन जोडन भ्याए। सरद भेषवाकरले १४ रन तथा कप्तान ज्ञानेन्द्र मल्लले ६ रन बनाएर आउन भएका थिए।

एमसीसीका लागि दोस्रो इनिङ्समा बिली गोडलम्यानलाई ३९, तथा एड योङले ३१ रन बनाएका थिए भने विल रोड्सले ३० रन बनाउन भ्याए। एमसीसीका यासिरा अराफाट ६५ रनमा अविजित रहे। त्यस्तै, टम वेस्टलीले ३९ रन जोड्दा एलेक्स थोम्पसनले ३० रन बनाएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.