'गुणस्तर घटाइयो"

|

काठमाडौं :  संसदको सार्वजनिक लेखासमितिले सिमेन्टका लागि तोकिएको नयाँ मापदण्डले गुणस्तर घट्ने भन्दै चासो व्यक्त गरेको छ। नेपाल गुणस्तर परिषद्को सिमेन्ट उत्पादनमा प्रयोग हुने रसायनको मात्रामा पुनारावलोकन गरेपछि गुणस्तर घट्ने भन्दै लेखा समितिले चासो देखाएको हो। 

केही दिनअघि उद्योगमन्त्रीको अध्यक्षतामा बसेको परिषद्को बैठकले ओपिसि सिमेन्टमा अघुलनशील पदार्थ (आइआर) को मात्रा २ बाट ४  र म्याग्नेसियम अक्साइडको मात्र ५ बाट ६ गराउँदा पनि मापदण्ड पुग्ने निर्णय लिएको थियो।

 म्याग्नेसियमको मात्र जति थोरै भयो त्यति नै सिमेन्टको गुणस्तर राम्रो मानिन्छ। परिषद्ले २०५५ सालमा तय गरेको म्याग्नेसियमको मात्रालाई परिवर्तन गरेर नयाँ मापदण्ड बनाउन लागिएको हो। यस विषयमा समितिले नापतौल विभागका अधिकारी र विज्ञसँग छलफल गर्ने जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.