|

बझाङ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा. गेणशराज जोशीले भ्रष्टाचारमुक्त राज्य संरचना निर्माणमा जोड दिएको बताएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुर कार्यालयद्वारा शुक्रबार बझाङ सदरमुकाम चैनपुरमा आयोजित भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै आयुक्त जोशीले उक्त कुरा बताएका हुन्।

आयुक्त जोशीले सार्वजनिक पद धारण गरेको व्यक्ति, नीजि वा व्यक्तिगत फाइदाको लागि सार्वजनिक सम्पत्ति, पद, शक्ति र स्रोत्तको दुरुपयोग गर्ने जो कोहीलाई पनि आयोगले कानुनको दायरामा ल्याउने बताए। किर्ते जालसाझी, अधिकारको दुरुपयोग, राजस्व चुहावट, घुस लिने र दिने, गैरकानुनी रूपमा व्यवसाय गर्ने जो कोही व्यक्ति भ्रष्टाचारी ठहर हुने उनको भनाइ छ।

जिल्लास्थित स्थानीय तहका जनप्रतिनिधि, सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी, सुरक्षा निकायका कर्मचारी, संचारकर्मीलगायत सरोकारवाला निकायको सहभागिता रहेको थियो। हाम्रो चाहना स्वच्छ पार्दषी र भ्रष्टाचारमुक्त राज्य सयन्त्रको स्थापना भन्ने मूलनारा बोकेको अन्तरक्रिया कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुर कार्यालयका प्रमुख, बाबुराम खतिवडा, सहन्यायाधिवक्ता गोपालप्रसाद रिजाल, लगायतको पनि उपस्थिति रहेको थियो।

२०४७ सालदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्थापना भएपछि देशमा मौलाएको भ्रष्टाचार नियन्त्रण हुँदै आएको समेत कार्यक्रममा बताइएको थियो। गत आर्थिक वर्षयता देशमा १४ हजार दुई सय ११ वटा उजुरीहरू फर्स्योट गरिएको आयोगका अधिकारीले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.