|

पाकिस्तानविरुद्धको सिरिज अस्ट्रेलियालाई घरेलु टोली अष्ट्रेलियाले पाकिस्तान विरुद्धको तीन खेलको टी–२० सिरिज कब्जा गरेको छ।

पर्थमा शुक्रबार भएको अन्तिम तथा तेस्रो खेलमा १० विकेटको प्रभावसाली जित निकाल्दै अष्ट्रेलियाले सिरिज २–० ले कब्जा गर्‍यो। यी दुई बीचको पहिलो खेल वर्षाका कारण रद्ध भएको थियो।

पाकिस्तानले दिएको १ सय ७ रनको कमजोर स्कोर अष्ट्रेलियाले ११ ओभर ५ बलमा बिना विकेटको क्षतिमा पूरा गर्‍यो अष्ट्रेलियाको जितमा कप्तान आरोन फिन्चले ५२ रनको अर्धशतकीय इनिङ खेले भने डेभिड वार्नर पनि ४८ रनमा अविजित फर्किए।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६ रन बनाएको थियो। उसका इफ्तिकर अहमदले ४५ रन बनाएका थिए भने इमाम उल हकले १४ रन बनाएका थिए।

अष्ट्रेलियाका केन रिचार्ड्सनले ३ विकेट लिँदा मिचेल स्टार्क र सिन अब्बोटको नाममा समान २–२ विकेट रह्यो। पहिलो खेल नतिजाविहीन हुँदा दोस्रो खेलमा अष्ट्रेलियाले ७ विकेटको जित निकालेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.