|

डडेल्धुरा : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा छाया सरकारका गृहमन्त्री दिलेन्द्रप्रसाद बडूले भारतले हालै सार्वजनिक गरेको नयाँ नक्साप्रति आपत्ति जनाएका छन्।

कालापानी र लिपुलेक क्षेत्रलाई आफ्नोमा गाभेर नयाँ नक्सा सार्वजनिक गरेको जनाउँदै उनले आपत्ति प्रकट गरेका हुन्। डडेल्धुरामा अनशनरत प्राडा. गोविन्द केसीलाई भेटेर काठमाडौं फर्किने क्रममा यहाँका सञ्चारकर्मीसँगको कुराकानीमा उनले कालापानी र लिपुलेकको विवाद समाधानका लागि सरकारले तत्काल कूटनीतिक पहल गर्नुपर्ने बताए।

‘भारतले सार्वजनिक गरेको नयाँ नक्सा आपत्तिजनक छ। यसलाई सरकारले तत्काल आपत्ति जनाउनु पर्दछ’ उनले भने, ‘कूटनीतिक तह र राजनीतिक रुपमा यसको सामाधान खोज्नु पर्दछ।’ यो मुलुकको राष्ट्रियता र भौगोलिक अखण्डताको विषय भएको उनको भनाइ छ।

‘यो हाम्रो मुलुकको राष्ट्रियता र भौगोलिक अखण्डताको विषय हो। यो कुनै एउटा जिल्ला विषेशको विषय होइन’ उनले भने, ‘यो मेरो जिल्लासँगको सीमासँग जोडिएको विषय भएकाले मैले यसलाई प्राथमिकताका साथ उठाइरहेको छु।’

प्रतिनिधिसभा सदस्यसमेत रहेका नेता बडूले यस विषयलाई राजनीतिक विषय बनाउन नहुनेसमेत बताए। दलीय विषय बनाएर यसमाथि बहस गर्नु आवश्यक नरहेको उनको भनाइ थियो। सरकारले यो विषयमा गम्भीरतापूर्वक कूटनीतिक पहल गर्नुपर्नेमा जोड दिँदै उनले सबै राजनीतिक दलहरूले सरकारलाई साथ दिनुपर्ने धारणा राखे।

‘यो दलीय विषय बनाएर बहसका लागि मात्रै बनाउने विषय यो होइन। सरकारले यसमा पहल गर्नु पर्दछ’ उनले भने, ‘यसमा सबै राष्ट्रिय पार्टीहरूले पनि सहयोग गर्नुपर्छ। सबैले एक ठाउँमा उभिएर राजनीतिक तवरबाटै सामाधान गर्नु पर्दछ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.