राजनीति

पर्यटनमन्त्री भन्छन्: भारतले नेपालसँग निहुँ खाेज्‍नुकाे अर्थ छैन
SHARES

कात्तिक २३, २०७६

    काठमाडौं :  भारतले भर्खरै सार्वजनिक गरेको नयाँ नक्सा र नेपाल-भारत सीमा विवादबारे संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भारतलाई अनावश्यक बखेडा झिकेर निहुँ नखोज्‍न  चेतावनी दिएका छन्।

    उनले  लिम्पियाधुराबाट उत्पति भएको कालीनदी नै नेपाल र भारतको सीमा नदी हो भन्ने कुरा ऐतिहासिक तथ्‍य र प्रमाण रहेको सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।  उनले सिंगो नेपाल राष्ट्रियताका लागि एक रहेकाले अनावश्‍यक बखेडा झिकेर छिमेकीसँग निहुँ नखोज्न पनि भारतलाई आग्रह गरेका छन्। यस विषयमा भारतले पछि हटेर छिमेकीसँगको सम्बन्धलाई न्यानोपन राख्‍नुमै भारतको भलाई रहेको मन्त्री भट्टराईले सुझाव दिएका छन्।

    उनले लेखेका छन्, ‘लिम्पियाधुराबाट उत्‍पति भएको काली नदी नै नेपाल र भारतको सीमा नदी हो भन्ने कुरा ऐतिहासिक तथ्य, प्रमाण, कागजात र जीवित मानिसहरुका भनाइबाट प्रष्ट छ। यसमा भारतले बखेडा खडा गरेर छिमेकीसँग निहुँ खोज्नुको कुनै तुक छैन। भारत पछि हटेर छिमेकीसँगको सम्बन्धलाई न्यानुपन दिनु नै राम्रो हुन्छ। नेपालले छोड्ने कुरै आउँदैन। सिंगो नेपाल एक छ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]